नेपाल टी२० लिगमा मंगलबार मैदान पुगेका काठमाडौँ र विराटनगरका कप्तानले शुरूमा टस गर्नै अस्वीकार गरे। पारिश्रमिक नपाएका खेलाडीलाई पछि क्यानले थुम्थुम्याएर खेलाउन सफल भए पनि अबका खेलबारेको अन्योल कायम छ।
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका छन्।
माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेन निर्माण, टावरप्याड राख्ने तथा तार बिछ्याउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन्।
सर्वोच्च बार एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन्।
सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ।
खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका कप्तानले नेपाल टी२० लिगको २१औँ खेलमा टस गर्न अस्वीकार गरेका छन्।
टोखा
उपत्यकावासीले माघे सङ्क्रान्तिको पर्यायका रूपमा बुझ्ने चाकु प्राचीन शहर टोखामा उत्पादन हुन्छ। टोखावासी यतिबेला चाकुसँग जोडिएको आफ्नो ठाउँको नाम जोगाउने गरी लागेका छन्। उखुको फाँटलाई नेवारी भाषामा टुख्य भनिन्छ। यही शब्द अपभ्रंश भएर टोखाको नाम रहन गएको बताइन्छ। सदाबहार चाकुको उत्पादन केन्द्र टोखामा माघे सङ्क्रान्ति सेरोफेरोमा स्थानीयवासी बढी व्यस्त हुने गर्दछन्।
मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई पार्टी प्रवेश गराएका छन्।
महोत्तरीका १५ मध्ये ११ वटा स्थानीय तहका विद्यालयमा जाडो बिदा दिइएको छ।
बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाकाे फैसला गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।
बाँकी अवसरलाई प्रयोग गरेर ओडीआई मान्यता बचाउनु पहिलो प्राथमिकता हो। त्यसको लागि क्यान आफैँ बलियो बन्दै खेलाडीलाई अनुशासनमा राखेर खेल खेलाउनेतर्फ लाग्नुपर्छ।
मध्य तराईका थोरै क्षेत्रमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए।
आरआर क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न तीन विद्यार्थीलाई निष्कासित गरेको छ।
सत्तागठबन्धनमा भएको सहमतिअनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति बन्न सर्वोच्चमा मुद्दा खेपिरहेका पूर्वसभामुख अग्नि सापकोटादेखि अरू थुप्रै नेताले जोडबल लगाइरहेका छन्।
गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्रपूर्वक छानबिन गर्न सीआईबीलाई निर्देशन दिएका छन्।
‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने निर्णय छ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा सम्पूर्ण पोलिटब्युरो सदस्यहरू एकमत रहेको बताए
डोटीको पूर्वचौकी गाउँपालिकाका भूकम्पपीडितले राहत पाएका छैनन्, चार महिनादेखि कर्मचारीले तलब र लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पनि पाएका छैनन्। यसको एउटै कारण हो प्रमुख प्रशासकीय अधिकृत नहुनु।