जसपाले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर सरकारमा जानेबारे निर्णय लिने भएको छ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागिताबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सभामुखको निर्वाचन तथा सरकारको प्रभावकारिता बारे छलफल भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरै मन्त्री बनाउँदा राज्यको आर्थिक बोझ बढ्नुका साथै जनतामाझ राजनीतिक व्यवस्था अलोकप्रिय हुने खतरा बढेको बताएका छन्।
राहदानी विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले सरकारले सार्वजनिक खरिद नियमावलीमै व्यवस्था गरेर कागज खरिदको अधिकार दिए पाठ्यपुस्तक छपाइमा समस्या नआउने बताए।
लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७३ रन मात्रै बनाउन सक्यो।
प्रधानमन्त्री दाहालले शिक्षा, स्वास्थ्य, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउन नागरिकले बेहोरेका सास्ती हटाउने काम प्राथमिकतामा राख्न निर्देशन दिए।
संचालनको तीन वर्षसम्म अमलेखगन्ज–मोतिहारी पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न नसक्दा आयल निगमले ट्यांकरका लागि मात्र मासिक १५ करोड खर्च गर्छ, जसले गर्दा पेट्रोल प्रतिलिटर करिब ४ रुपैयाँ महँगो परिरहेको छ।
मंगलबार वडा कार्यालयले पत्र पठाउँदै सार्वजनिक ८६३ कित्ता नम्बरमा रहेको टुँडिखेलको खुलामञ्च मैदानमा ३ तहको भूमिगत पार्किङ गर्दा दूरगामी प्राकृतिक असर पर्ने उल्लेख गरेको छ।
कांग्रेस सभापति देउवाविरुद्ध रणनीति तय गर्न शेखर–गगन समूहले बिहीबार बानेश्वरमा आफ्नो समूहको बैठक बोलाएको छ।
लामो संर्घषबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने कांग्रेस नेता रामचन्द्र पौडेलेको भनाइ छ।
रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश माग गरिएको छ।
नेपाली सेनाका उपरथी प्रेम शाही सर्वोच्चको पत्र लिएर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। त्यहीक्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा रमेश लेखकलाई मनोनीत गरेका छन्।
मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा कानूनको अभावमा पीडितहरूले न्याय पाउन जटिल रहेको उल्लेख छ।
माघी पर्वमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरको योजना बनाउने परम्परा छ।
विदेशबाट व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा विमानस्थल भन्सार कार्यालयमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल त्यसको समाधानका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नौ ओभरमा घटाइएको खेलमा काठमाडौँले विराटनगरलाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो। तर, विराटनगर ५८ रनमा अलआउट भयो।
सम्झौताअनुसार २०७५ फागुनभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने काठमाडौँ भ्यूटावर झण्डै पाँच वर्ष ढिलोगरी अर्को वर्षबाट मात्रै सञ्चालनमा आउने भएको छ।