AnonymousUser

Logout

सुदूरपश्चिममा पुस २७ सम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका 

“करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छाड्थे ”,  सिरहाको तेनुवापटी आधारभूत विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह भन्छन्, “अहिले नियमित विद्यालय आउनेको संख्या  बढेको छ।”

पाँच महिनामा रसुवागढी नाकाबाट भित्रिए तीन सयभन्दा बढी सवारी साधन

चालू आर्थिक वर्षको पहिलो महिनादेखि हालसम्म रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारीसाधन आयात भएका छन्। आयातित सवारीसाधनमध्ये इलेक्ट्रिक कार सबैभन्दा बढी रहेका छन्।

काठमाडौँमाथि फराकिलो जित निकाल्दै लुम्बिनी क्वालिफायरमा

बुधबार काठमाडौँ नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ। 

प्रतितोला एक लाख दुई हजार ९०० पुग्यो सुनको मूल्य 

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।

एसईईमा उत्कृष्ट अंक ल्याउने १३ विद्यार्थीलाई चार लाख छात्रवृत्ति

कुश्मा नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने नगरभित्रका १३ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप झण्डै ४ लाख छात्रवृत्ति दिएको छ।

प्रधानमन्त्री दाहालद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल गर्नुपर्ने सुधारका विषयका चासाे राखेका छन्। 

समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस, ३ बजे पत्रकार सम्मेलन  

नेपाली कांग्रेसले सरकारबाट बाहिरिएपछि आफ्नो धारणा सार्वजनिक गर्न पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

इच्छाकामना- ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताएकी छन्।

सरोज यादव एमाले मधेश प्रदेश संसदीय दलको नेता चयन

एमाले मधेश प्रदेश कमिटीको बैठकले सरोज यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको छ।

वायु प्रदूषण गराएको भन्दै १४ जना सवारीचालक कारबाहीमा

वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले ४३ वटा गाडीको  परीक्षण गरेको छ। 

यातायातको सेवामा बेथिति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालयबाट प्रहरीले मंगलबार सात जना बिचौलियालाई पक्राउ गरेको छ।

पाँचथरको रानिटारमा आगलागी, २ जनाको मृत्यु, २ घाइते

पाँचथरको रानिटारस्थित मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी ममता गुरुङ र बुहारी आसानसिंह थेबेको मृत्यु भएको छ।

विकासको बहस र बिहारको दृष्टान्त 

सडक र रेलमार्ग बनाइयो तर यात्रु भएनन् भने के गर्ने? सवारी साधनमा हालेर लैजाने सामानहरू नागरिकसँग भएन भने त घाटामा खाली डब्बा मात्र कुदाइरहने? विकासले नाफासँगै समग्र सभ्यताको ख्याल गर्नुपर्‍यो।

तराईमा बाक्लो हुस्सु, शीतलहर बढ्न सक्ने चेतावनी

नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्ज पश्चिम र जनकपुर पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना छ।

व्यवसायीको चंगुलमा विधायिका, सिंहदरबारदेखि संसद्सम्मै स्वार्थको द्वन्द्व

राहदानी–नागरिकता दुरुपयोग कसुरमा प्रहरीले अनुसन्धान गरिरहेका रवि लामिछाने गृहमन्त्री बन्नु पछिल्लो दृष्टान्त हो, सिंहदरबारदेखि संसद्सम्म सबैतिर स्वार्थको द्वन्द्वले ‘दाह्रा–नंग्रा’ गाडेको छ।

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको छ।

नेपाल टी-२० लिगबारे छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ, खेलाडीको पारिश्रमिकमा अनियमितताबारे छानबिन गर्न गृहमन्त्री लामिछानेले नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

सीमित डेरी उद्योगीले आफूखुसी दूधको मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका थिए।

देशभर ३ हजार मिटरब्याज पीडित, कार्यदल भन्छ- कारबाही गर्ने स्पष्ट कानून छैन

मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारद्वारा गठित कार्यदलले पीडितको न्यायका लागि नयाँ कानून निर्माण गर्नुपर्ने तथा केही कानून संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।