संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए।
सभामुख देवराज घिमिरेले नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे बताएका छन्।
शुभमन गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
रास्वपालाई पुनः गृह मन्त्रालय नदिने प्रधानमन्त्री दाहालको अडानमा 'स्वार्थको द्वन्द्व रोक्ने' तर्क पनि देखिन्छ। तर, पूर्वसहमति विपरीत एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीतिपछाडि उनको शक्ति के होला?
नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।
सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ।
क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्।
तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि देशव्यापी रूपमा उत्रेको विशाल आन्दोलनले पुरानो सत्तालाई अन्तिम धक्का दिएपछि नै नेपालको शासन व्यवस्था गणतन्त्रमा रूपान्तरित भएको हो।
भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।
अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।
राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
टुकुचा उत्खननका विषयमा परेको रिटमा उच्च अदालत पाटनले जग्गाधनीका पक्षमा फैसला दिएको छ। योसँगै काठमाडौँ महानगरले टुकुचा खोज्न डोजर चलाउन नपाउने भएको छ।
फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।
समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।
नाबालिग बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका सन्दीप लामिछानेमाथिको निलम्बन क्यानले फिर्ता लिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ। धेरैले क्यानको निर्णयमा नैतिक प्रश्न उठ्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयक तत्काल संसद्मा पेस गर्न निर्देशन दिएका छन्।
स्वतन्त्रता पक्षधरको आन्दोलनमा सेनाको गोली लागी २९ सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ। सरकारविरुद्ध बोल्दा मारिने त्रास रहे पनि सुषुप्त रूपमा आन्दोलन जारी नै छ।