एन्फा महासचिव राईले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएकालाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।
कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँच सयमा बिक्री हुन्छ।
प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो।
शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ।
क्यान्सर दिवस
विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा ललितपुरमा द्वीप प्रज्वलन गरिएको छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर लि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा \'आशाको लागि ज्योति\' भन्ने नारासहित क्यान्सरविरुद्ध जनचेतना जगाउन ललितपुर महानगरपलिका प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो।
हङकङ जाने र आउने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो।
यू–१९ टोलीका मुख्य प्रशिक्षक टमाटाले सिनियर टोलीलाई मैदान चाहिने भएपछि आफूहरू थप प्रशिक्षणका लागि पोखरा हिँडेको बताए।
घनश्याम भुसाल चढेको गाडी सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। उनलाई निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ।
आवश्यक परिमाणमा कोटा तोकेर निर्यात गर्न भारतले प्रस्ताव गरे पनि नेपालका उद्योगीहरूले अस्वाभाविक माग गर्दा पर्याप्त गहुँ आयात हुन सकेको छैन। यता, कच्चा पदार्थ अभावले उद्योगहरू बन्द हुन थालेका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको बताएका छन्।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ।
जिल्ला अदालत कैलालीले छ महिना कैद भुक्तानका लागि प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई कारागार चलान गरेको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।
झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार ८२ वटा घर निर्माणको अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन कार्यालय पर्साले जनाएको छ।
रियल मड्रिड १९ खेलबाट ४५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ।
चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।
खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।