AnonymousUser

Logout

राष्ट्रपति निवासमा देउसीभैलो 

राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा देउसीभैलो खेलिएको छ।

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोग रोक्न आयोगले गर्‍यो विशेष निर्णय

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

तिहार \'मूड\

काठमाडौँको तिहार \'मूड\' तस्वीर

तिहार लागेसँगै काठमाडौँ उपत्यका झिलीमिली भएको छ। आइतबार बेलुका स्वयम्भूस्थत हलचोकबाट देखिएको काठमाडौँः

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।

झिलिमिली

तस्वीरमा तिहारको झिलिमिली

तिहारलाई पूल र झिलिमिलीको पर्व मानिन्छ। आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा गरिन्छ। सफासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीको वास हुने विश्वासका साथ यस दिन घर-आँगन, शहर-बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ। तस्वीरहरू : रासस

प्रत्यक्षतर्फ छापियो ३३ जिल्लाको मतपत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको जनाएको छ। अब ९ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।

गठबन्धनको अजेण्डा भ्रष्टाचार अन्त्य र युवालाई स्वरोजगार बनाउनु हो : बाबुराम भट्टराई

अध्यक्ष भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको बताएका छन्।

लामखुट्टेलाई मानिसले चुम्बकजस्तै आकर्षित गर्छ : अध्ययन 

मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।

जुगललाई प्रदीप गिरिको प्रतिउत्तर : हाम्रो रौँ-रौँमा हिंसा छ

इतिहास राजनीतिको एक मात्र प्रयोगशाला हो। मार्क्स, लेनिन र वीपीको सफलता तथा असफलतालाई कोट्याउँदै हामी अघि बढ्नुपर्छ। उनीहरूका संघर्षका अनुभवका कतिपय शिक्षा छन्।

ह्वात्तै बढ्यो माछाको अवैध आयात, उपभोक्ता र व्यापारी मारमा

चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।

आज कुकुर तिहार, कुकुरको पूजा गरी मनाइँदै

आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो। यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन्।

मुद्दा छाडेर भोटको राजनीति : मधेशकेन्द्रित दलको अर्को संकट

एमालेलाई ‘मधेशविरोधी’ बताउने जसपा त्यही पार्टीसँग चुनावी गठबन्धनमा छ। स्थानीय तहमा एमालेसँग मिलेको लोसपा भने सत्तारुढ गठबन्धनतिर छ। यी घटनाले मधेशमा मुद्दाभन्दा ‘भोट राजनीति’ प्रधान भएको देखिन्छ।

नेपालमा भेटियो ओमिक्रोनको संक्रामक सब-भेरियन्ट 'एक्सबीबी'

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको छ। जिनोमिक सिक्वेन्सिङका क्रममा १ जनामा कोरोनाको नयाँ सब भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाबुरामको घोषणापत्र : देशभित्रै उत्पादन, देशभित्रै रोजगारी (घोषणापत्रसहित)

नेपाल समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न 'पपुलिस्ट' नारा समेटिएका छन्।

हैदरावादमा गुन्जिए संघर्षका गजल

भारतको हैदरावादमा कमल संघर्षको गजलबाचन सम्पन्न भएको छ। सुदूरपश्चिमेली नेपाली समाज, तेलांगना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा उनका गजलसंग्रहहरूको विमोचनसमेत गरिएको थियो।

निर्वाचन आयोगले गगन थापालाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने गरी ट्विट गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

कांग्रेसको चुनावी घोषणापत्र भोलि, एमालेले छठपछि सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।

प्रचण्डले अन्तिम घडीमा चितवन छाडेर गोरखा रोज्नुका तीन कारण

चितवन माओवादीमा देखिएको अन्तरविरोध र जिल्लाका नेताहरूले पार्टी छोड्ने क्रम बढेपछि त्यसको असर चुनावमा पर्न सक्ने आंकलन गरेर माओवादी अध्यक्ष चितवन छाडेर गोरखाबाट चुनाव लड्ने निष्कर्षमा पुगेका थिए।