AnonymousUser

Logout

प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ।

सबै मन्त्रालयको खर्च २० प्रतिशतले कटौती गर्ने अर्थको निर्णय

चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक 'फास्ट ट्र्याक'मा अघि बढाइने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए।

एक वर्षभित्र पेट्रोल पनि पाइपलाइनबाटै आउने

पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।

मन्त्रालय कटौतीले उकास्ला प्रदेशहरूको गिर्दो साख?

‘झ्याल–झ्यालमा मन्त्रालय’जस्तो विकृत अभ्यासको विम्ब बनेका प्रदेश सरकारहरूले त्यसबाट पाठ सिकेरै हुनसक्छ, मन्त्रालय संख्या कटौती गर्न थालेका छन्। तर, गिर्दो साख उकास्न सुधारका धेरै काम गर्नुपर्ने छ।

आसाराम बापुलाई बलात्कार मुद्दामा फेरि आजीवन जेल सजाय

गुजरातस्थित गान्धीनगर सेसन अदालतले ८१ वर्षीया आसारामलाई जन्मकैदको फैसला गरेको छ।

विश्वमा भ्रष्टाचारविरुद्धको प्रगति न्यून, दक्षिण एसियामा नेपाल चौथो भ्रष्ट मुलुक

यस वर्ष सामान्य सुधार भए पनि नेपाल भ्रष्टाचारले व्याप्त मुलुककै श्रेणीमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन्।

लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नलुकाइएको भए बालमन्दिरको जग्गा व्यापारीबाट फिर्ता ल्याउने र बाल संगठनको भ्रष्ट नेतृत्वलाई दण्डित गर्ने प्रक्रिया तीन वर्ष पहिल्यै शुरू हुनसक्थ्यो।

राष्ट्र बैंकले घटायो अन्तरबैंक एटीएम शुल्क

वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।

यू–२० महिला साफ च्याम्पियनसिप : उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल

यसअघि यू–१८ र १९ स्वरूपमा भएको साफ महिला च्याम्पियनसिपका तीन संस्करणमा नेपाल उपाधिविहीन रह्यो। यसपटक यू–२० स्वरूपमा हुन लागेको प्रतियोगिताको उपाधिका लागि नेपालको बाधक भारत र बंगलादेश बन्न सक्छन्।

सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ।

विश्वभर मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।

विश्वका सर्वाधिक १० धनीको सूचीबाट बाहिरिए गौतम अडानी 

उनको सम्पत्ति कूल ९२ अर्ब ७० करोड डलरबाट घटेर ८४ अर्ब ४० करोड डलरमा सीमित भएको ब्लुमबर्गको तथ्यांक छ।

क्यानका ७ केन्द्रीय सदस्यले मागे कार्यसम्पादन समितिको राजीनामा

सात जना केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।

गृह मन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्ने कोशिशमा छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने, आगामी दिनमा सल्लाहअनुसार नै अघि बढ्ने बताएका छन्।

पोखरा हवाई दुर्घटना : ६ शवको पहिचान गर्न ‘डीएनए’ परीक्षण शुरू

नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरू गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए।

मधेशमा सवारी दुर्घटना : ६ महिनामा गुमाए २८१ जनाले ज्यान

चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेशमा २ सय ८१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

राष्ट्रपतिमा एमालेसहितको राष्ट्रिय सहमति हुन्छ: माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले सहितका सबै दलहरूको सहमतिका आधारमा नै राष्ट्रपतिको चयन हुने बताएका छन्।

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय मसँगै राख्छु : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेपछि गृह मन्त्रालयका विषयमा निर्णय लिने पार्टी पदाधिकारीलाई जानकारी गराएका छन्।