आइतबार संसद्को विशेष समयमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका लागि योगदान गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
कांग्रेस नेता उमेश श्रेष्ठले आफूलाई चितवन–२ बाट स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि परवेज मुशर्रफ पाकिस्तानका दशौँ राष्ट्रपति बनेका थिए। शरीरका अंगले काम गर्न छाडेपछि उनलाई तीन साताअघि अस्पतालमा भर्ना गरिएको थियो।
छापावाल सुन आइतबार प्रतितोला एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने भएको छ।
बाँदर आतंकबाट भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानी गाउँमा बढी प्रभावित भएका छन्।
जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए।
बिहीबार बसेको रास्वपाको बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार सकिएको छ।
यस सिजन खराब लयमा रहेको लिभरपुलले वल्भ्ससँग ३–० को लज्जास्पद हार बेहोरेको छ।
अर्थतन्त्रलाई नै अहित हुने गरी गैर-समानुपातिक दायित्व बोकेर इन्धन गाडीभन्दा तीन गुणा बढी विदेशी मुद्रा खर्चेर विद्युतीय गाडीको प्रयोग बढाउन हतार गर्नुपर्ने कुनै औचित्य छैन।
हिमपात र हुस्सुका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
संघीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा ल्याउन हतारिएको भन्दै क्यानमाथि नैतिक प्रश्न उठ्दा पार्टीदेखि नेताहरूसम्मले साँधेको मौनतालाई लिएर चिन्ता व्यक्त गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।
प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति नभए बहुमतबाट प्रदेशको नामकरण हुने बताएका छन्।
कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।
अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माग गरिरहेको रास्वपासँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, सहमति हुन नसके विचार मिल्ने पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन्।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ।