AnonymousUser

Logout

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।

रामकृष्ण ढकालको 'आमाको ममता' सार्वजनिक

नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ। 

क्रिष्पी सिंह ठकुरीलाई 'नेपालगन्ज लिटिल स्टार' उपाधि

भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।

एशिया कप २०२३ बारे अर्को महिना निर्णय हुने

बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा एशिया कपका विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन सकेन।

रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन्।

माधव नेपाल भन्छन्– पार्टीभित्र मतभेद छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको बताएका छन्।

लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो, विश्व सम्पदा सूचीबाटै हट्ने खतरा

लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले आफूखुशी गुरुयोजना संशोधन गरेर आर्थिक लाभका निम्ति जथाभावी भौतिक निर्माण गर्दा विश्व सम्पदा नै खतरामा परेको छ। 

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालिदिएपछि भड्कियो चीन

मौसमसम्बन्धी सूचना संकलन गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।

‘लाभका पद’ले जसलाई पटक–पटक पछ्याइरहन्छन्

मन्त्रिपरिषद्‍देखि विभिन्न सरकारी नियुक्तिमा पटक–पटक दोहोरिइरहने केही अनुहार हेर्दा लाग्छ, तिनलाई अवसर र लाभको पदले पनि ‘फुत्किन’ दिँदैन।

अदालतको फैसलापछि रास्वपालाई केही असहज भएकै हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन्।

माघ २७ गतेको संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गतेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

साफ यू–२० महिला फुटबल : अमिषाको ह्याट्रिकमा भुटानमाथि नेपालको शानदार जित

आयोजक बंगलादेशसहित भुटान र भारतले सहभागिता जनाएको प्रतियोगिता नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।

व्रतालुको घुइँचो

सकियो माधवनारायण व्रत

स्वस्थानी तथा तथा माधवनारायण व्रत समापन हुँदै छ। आइतबार बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरूले स्नान गर्दै एक महिना लामो व्रत पूरा गरेका छन्। सो क्रममा व्रतालुहरूले पल्टिँदै हनुमन्ते खोला परिसरको  परिक्रमासमेत गरेका थिए।  साँखु र हनुमानघाटमा बिहानैदेखि व्रतालुको घुइँचो छ।

वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन् भन्ने मेरो निष्कर्ष छ: चित्रबहादुर केसी

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

बैठकपछि पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएको र मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए।

राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी

अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउँदै सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने कार्ययोजना सुनाइन्।

रविको मुद्दामा सर्वोच्चको फैसलामाथि ओलीले संसद्मा उठाए प्रश्न

आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै ओलीले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलामाथि प्रश्न उठाएका छन्।

कांग्रेसका नेताहरूले प्रतिपक्षको भूमिका स्विकार्नै सकेनन्: ओली

एमाले अध्यक्ष ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे। 

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालेपछि भड्कियो चीन

चीनले मौसमसम्बन्धी जानकारी प्राप्त गर्न बेलुन उडाएको दाबी गरेको छ। तर, अमेरिकाले बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको आरोप लगाए छ।