चन्दननाथ नगरपालिका–१ स्थित स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागीमा उनकी १४ वर्षकी छोरी बन्दनाको मृत्यु भएको छ।
काठमाडौँ
काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मंगलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।
नापी विभागले ७५३ वटै स्थानीय तहको भू–उपयोग नक्सा, सोको विद्युतीय अभिलेख र तथ्यांक तयार गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।
भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।
मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँ पुगेको छ।
नेपालमा भारतबाट आयात भइरहेको तरकारी रोक्न सम्भव छैन। तर, भएकै कानून र व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै नाकामा परीक्षणमा कडाइ गर्ने हो भने अहिले भइरहेको आयात उल्लेख्य घटाउन सकिन्छ।
तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको छ।
राष्ट्रपति निर्वाचनमा ‘सहमतिको प्रयत्न गर्नुपर्ने’ माओवादी प्रस्तावसँगै तरंगित राजनीतिमा कांग्रेसले वर्तमान सत्तागठबन्धन भत्काउने र एमालेले जोगाउने प्रयत्न गरिरहँदा अबका एक महिना रोचक बन्ने देखिन्छ।
विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ।
मुख्यप्रशिक्षक नियुक्त भएकै दिन मोन्टीले ब्याटिङमा क्षमतावान् खेलाडी भए पनि एकताबद्ध भएर नखेल्दा क्षमताअनुसार प्रदर्शन नभएको औँल्याए। र, लक्ष्य सुनाए– एकदिवसीय मान्यता जोगाएर विश्वकपसम्म पुर्याउने।
उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।
गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
सर्वोच्च अदालतले साढेचार वर्षअघि फेवातालको ६५ मिटरमा पर्ने संरचना ६ महिनाभित्र भत्काउन आदेश दिएको थियो। तर कर्ण शाक्य, गणेशबहादुर भट्टराई, कर्मा गुरुङ, मुक्ति केसीलगायतले त्यहीँ व्यवसाय चलाइरहेका छन्।
भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।
एमाले उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरेर अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने बताएका छन्।
मोन्टी देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।
भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।