मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले यसलाई चलायमान बनाउन औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउनुपर्नेमा अर्थविद्हरूकाे जोड छ।
प्रधानमन्त्री दाहालले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्।
सरकारले नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजाने तयारी गरेको छ।
भूकम्पका कारण टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएको एबीसी न्यूजले जनाएको छ।
झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ। उक्त चियाखेतीका लागि वार्षिक एक हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।
प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएका छन्।
समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ।
घोराही–तुलसीपुर चारलेन निर्माण २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्नुपर्ने काम हालसम्म १० प्रतिशत पनि भएको छैन।
हारपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ।
वातावरणीय पक्षको संवेदनशीलतालाई ख्याल गर्दै पूर्वाधार निर्माण गर्नुपर्छ किनकि मानवलगायत प्राणी बस्नका लागि योग्य एउटै मात्र पृथ्वी हामीसँग छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
रास्वपा ४२ दिन सरकारमा हुँदा रवि लामिछाने ३३ र अन्य तीन जना १९ दिन मन्त्री बने। नागरिकता पुन: कायम भएपछि फेरि गृह मन्त्रालय फर्किन चाहेका लामिछानेले अन्तत: पार्टीलाई नै सरकारबाट बाहिर निकालेका छन्।
रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।
प्रधानमन्त्री दाहालले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।
नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ।
भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।
बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा एशिया कपका विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन सकेन।
रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन्।