AnonymousUser

Logout

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत सार्वजनिक बिदा, खुले संस्थागत विद्यालय, बैंक र वित्तीय संस्था

प्रधानमन्त्री दाहालले एक साताअघि सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसको बिदा समायोजन गर्ने बताएका थिए। फेरि उस्तै प्रकृतिको बिदा थपिएको छ।

टर्कीका भूकम्पपीडितलाई नेपालले पठायो राहत सामग्री

नेपालले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा लगायतका सामग्री राहतस्वरूप पठाएको छ।

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरू

नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।

साइक्लोनका कारण न्युजिल्यान्डमा आपतकाल घोषणा

न्युजिल्यान्डमा सामुद्रिक आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने जनजीवन कष्टकर बनेको छ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा, के छ भ्रमण तालिका?

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।

ओलाङचुङगोलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत ‘हल्कारा’ वैशाखदेखि प्रदर्शनमा आउँदै

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

प्रदेशभरका स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्दै गण्डकी प्रज्ञाप्रतिष्ठान

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

यसअघि नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिवको भूमिकामा पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

सार्वजनिक बिदा भएपनि अत्यावश्यक बैंकिङ सेवा खुला राख्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज देशैभरका बैंक १० बजेदेखि १ः३० बजेसम्म खुला राख्न निर्देशन दिएको छ।

प्रचण्डले नै माओवादी छाडेपछि 'जनयुद्ध'को स्वामित्व कसले लिने?

माओवादीसँग मौलिक पहिचान रहिरहेको भए पार्टीको सामर्थ्य स्वतः आउँथ्यो। उत्पीडित, अन्याय र अत्याचारमा पारिएकाको पक्षमा लड्ने माओवादी चाहिएको थियो। तर असली पहिचान नै सकिएपछि सामर्थ्यको के नै अर्थ रह्यो?

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि

काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।

अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा ‘जनयुद्ध दिवस’को बिदा दिने निर्णय, मन्त्रीहरूकै आपत्ति

परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरीलगायतले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। मन्त्री पौड्यालले सोमबार आफ्नो कार्यालय खुलै रहने बताइन्।

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार राप्ती उपत्यका देउखुरीमा संविधानको धारा १७२ बमोजिम शपथ गराएका छन्।

अमेरिका र क्यानडाका सेनाले क्षेप्यास्त्र प्रहार गरी खसाले अर्को शंकास्पद वस्तु

अमेरिका र क्यानडाको आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेकाे सानो सिलिन्डरजस्तो आकारको संदिग्ध वस्तुलाई शनिबार क्षेप्यास्त्र प्रयोग गरी खसालिएको छ।

काठमाडौँको भाषाः किन मधेशी समुदायमाथि भइरहेको छ अपमानजनक सम्बोधन?

आधुनिक नेपालको एकीकरणदेखि नै सत्तामा पहाडका मानिसको प्रभुत्व थियो। आफूलाई ‘सुसंस्कृत’ र ‘सभ्य’ ठान्ने पहाडिया शासकले तयार गरेको भाषाकै कारण अझै पनि काठमाडौँमा मधेशीप्रति अपमानजनक सम्बोधन हुने गरेको छ।

एसिड आक्रमणमा संलग्न मोहमद र फैयादलाई ७ वर्ष कैद, १० लाख क्षतिपूर्ति भराउन आदेश

एसिड आक्रमणमा संलग्नहरूलाई अधिकतम क्षतिपूर्ति र कैद फैसला भएको पीडित कार्कीका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले बताइन्।

राजस्व संकलन ५ दशकयताकै कमजोर, खर्च घटाउने सरकारको योजना

अर्थ मन्त्रालयले राजस्व चुहावटमा संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउने, कर कानूनको परिपालना गराउनेलगायतका कार्ययोजना बनाएको छ।