AnonymousUser

Logout

‘प्रदेशलाई अधिकारसम्पन्न नबनाएसम्म संघीयता बलियो हुँदैन’

प्रदेशलाई अधिकारसम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ ध्यान दिन प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्। 

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय 

कांग्रेस कार्य सम्पादन समिति बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न पार्टीका संघीय संसद् र प्रदेशसभा सदस्यलाई निर्देशन दिने निर्णय गरेको छ। 

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते 

चितुवाको आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।

१० हजार कर्मचारी कटौती गर्दै मेटा

गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। मेटाले यसअघि खुलाएको ५ हजार जनाको आवेदनसमेत रद्द गरेको छ।

३ वर्षपछि विदेशी पर्यटकलाई स्वागत गर्दै चीन 

नाका खुलेसँगै बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्। कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

एन्फाले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक र विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ। 

नेपालको ओडीआई वरीयता सुधार 

नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ। एसोसिएट राष्ट्रमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड १२औँ, नेदरल्यान्ड १४औँ र ओमान १५औँ स्थानमा छन्।

पाथीभरामा घट्यो बलिप्रथा, वन्यजन्तु संरक्षणमा सहयोग

प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, हालान्डको ५ गोल

हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने कान्छो खेलाडी र सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडीसमेत बनेका छन्। 

उपराष्ट्रपति निर्वाचनको मौन अवधि शुरू 

उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार छन्। प्रमिलाकुमारीले भने आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छन्। 

रंगिन 'प्याकेजिङ' र विज्ञापनको भुलभुलैयामा उपभोक्ता

सर्वसाधारणदेखि राष्ट्रपति नै गुणस्तरहीन बजारबाट पीडित भइरहेका छन्। उपभोक्ताको जीवनमाथि यस्तो खेलबाड भइरहँदा राज्यका शक्तिशाली मान्छे पनि बजारको बेथितिबाट सिर्जित असुरक्षाबाट मुक्त छैनन्।

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

संकटमा अर्थतन्त्र : अर्थसचिव भन्छन्– भार घटाउन खर्च कटौती गर्नुपर्छ

राजस्व संकलन इतिहासकै कमजोर अवस्थामा रहँदा सरकारको अनिवार्य दायित्व भने बढ्दै गएको छ। जसका कारण सरकार स्रोत व्यवस्थापनको दबाबमा छ।

लघुवित्तको निष्क्रिय कर्जा ८३ प्रतिशत बढ्यो

‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार लघुवित्तको निष्क्रिय कर्जा पछिल्लो ६ महिनाको अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको छ।

राजस्व हिनामिना मुद्दामा यातायातका ८ कर्मचारी दोषी ठहर

विशेष अदालतले यातायात व्यवस्था कार्यालय इटहरी कोशीका तत्कालीन उपसचिव रमेशप्रसाद दाहालसहित ८ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ।

'ए' डिभिजन लिग : फ्रेन्ड्ससँग जावलाखेल पराजित, संकटा र चर्च ब्वाइजले अंक बाँडे

'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ भने संकटा क्लब र चर्च ब्वाइजले अंक बाँडेका छन्।

चीनमा सि जिनपिङको बढ्दो शक्ति केन्द्रीकरण, भूराजनीतिक द्वन्द्व सहज नहुने संकेत

सि जिनपिङले राष्ट्रपतिको तेस्रो कार्यकाल शुरू गर्दा चीनभित्र र बाहिर स्थिति अनुकूल छैन। चीन र दक्षिण एशियामा भएका भूराजनीतिक बदलावले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र विकासमा चुनौती ल्याउन सक्छन्।

युरोप–एशियामा पनि सिलिकन भ्याली बैंकको असर, बाइडेनको आश्वासनले समेत रोकिएन सेयरमा गिरावट

अमेरिकी सिलिकन भ्याली बैंकमा देखिएको वित्तीय संकटको असर युरोप र एशियामा समेत देखिएको छ। वित्तीय प्रणाली सुरक्षित गर्ने राष्ट्रपति बाइडेनको आश्वासनले पनि सेयर बजार गिरावट रोकिएको छैन।

गणित गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन ‘म्याथ पार्क’

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले गणित उद्यान निर्माण गरेको छ।

नेप्सेमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार

२५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।