सीआईबीले शंकास्पदरूपमा विदेशबाट रकम भित्र्याएको लगायतका अभियोगमा व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।
शहीद स्मारक ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएकै मितिमा लिग आयोजना नभए एन्फासँग क्षतिपूर्ति माग्ने निर्णय गरेका छन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।
सन् २०२० को जुलाई देखि लागू भएको अनिवार्य मास्कको नियम पालना नगर्नेले ६४० डलरसम्म जरिबाना तिर्नुपर्ने थियो।
चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका बुमराहले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए।
गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।
एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।
बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ बुँदामध्ये चालु आवको सात महिनामा ३६ बुँदाको प्रगति शून्य देखिएको छ।
विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्याएर इतिहास रचेका थिए।
ग्रिसको उत्तरी क्षेत्रमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएका हुन्। रेलमा ३५० जना सवार थिए।
आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।
बेलायतका ३७ वर्षीय जेसन आर्डि क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी उक्त विश्वविद्यालयका कान्छा प्राेफेसर हुन्।
डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्।
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।
सर्वत्र भ्रष्टाचार र बेथिति छन्। एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालका मिडियाचाहिँ कमजोरीरहित होला र?
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।
शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।