ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराएका छन्।
पर्यटन प्रवर्द्धनका लागि लेकसाइडको तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्न लागिएको पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले बताका छन्।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन चुस्त बनाउन रात्रिबसले गोँगबुमा मात्र पार्किङ गर्नुपर्ने नियम बनाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पूर्वी नवलपरासीको एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा पढिरहेको दुर्लभ संयोग भेटिएको छ। विद्यालयमा यस्तो संयोग जुर्नुलाई प्रधानाध्यापकले ऐतिहासिक भएको बताएका छन्।
एकै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ र गौरवको विषय भएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले जनाएको छ।
भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेपछि उडान तथा अवतरण हुन सकेको छैन।
राष्ट्र बैंकको एक प्रतिवेदनले बागमती प्रदेशमा कृषिसँगै विद्युतीय साधनका ‘सर्भिस स्टेशन’ र ‘चार्जिङ स्टेशन’जस्ता सेवामूलक उद्यमको विस्तार तथा रोजगारीमा सम्भावना बढेको देखाएको छ।
नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।
हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।
दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।
ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराउँदै छन्। सभामुख चयन नहुन्जेल संसद् बैठकसमेत उनैले सञ्चालन गर्नेछन्।
साबिकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागू गरिए पनि व्यवसायी भने बढेको भाडादर अपुग रहेको बताइरहेका छन्।
तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।
चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।
कृषि मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्बाट निर्णय भए सरकारले मलमा गर्ने खर्च घट्ने छ तर कृषकले मल किन्न करिब दोब्बर रकम खर्चिनुपर्ने हुन्छ।
सर्वोच्च अदालतले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ।
सत्ता गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने अन्योल यथावत रहँदा ‘शान्त’ देखिएको एमालेभित्र गठबन्धन फुटाउन र माओवादीको नेतृत्वको सरकार स्वीकार गर्न ओलीलाई मनाउन नेताहरू सक्रिय बनेका छन्।
विराटनगर सुपर किङ्समा म्याकार्थीबाहेक सिकन्दर राजा, गौरन्शु शर्मा, कियोन जोसेप, हुसेन टलट र राज रोक्की नानन विदेशी खेलाडी छन्।
साउदी अरब पुगेका कामदारले सम्झौतामा भनिएअनुसार तलब र सुविधा नदिएको तथा जोखिमको काममा लगाएको भन्दै उद्धार गर्न आग्रह गरे पनि म्यानपावर कम्पनी र रियादस्थित दूतावासले भाग्न सुझाव दिने गरेका छन्।