नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासीहरू सवार डुंगा ट्युनिसियाको तटीय क्षेत्रमा डुब्दा १९ जनाको मृत्यु भएको छ।
आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालविरुद्धको मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिँदै चैत १९ गतेको लागि पेसी तोकेको छ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।
मिटरब्याज समस्या समाधानका लागि बनाइएको कार्यदलको सिफारिस बमोजिम छानबिनको जिम्मा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ। तर कानून अभावमा प्रहरीले छलफल गराउनेबाहेक कुनै कारबाही गर्न सकेन।
आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
प्रतिनिधिसभाको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएपछि कांग्रेस सांसद पूर्णबहादुर खड्काले गल्ती स्वीकार गर्दै माफी मागेका छन्।
युक्रेनले पश्चिमा राष्ट्रहरूसँग थप सैन्य सहयोगका लागि अपिल गरेलगत्तै रुसी राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्।
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन्।
कांग्रेस सांसद शेखर कोइरालाले देशमा देखिएको असहजताको परम्परागत टालटुले विधिबाट नभई दीर्घकालीन रूपबाटै निकास दिने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।
अख्तियारले अध्यागमनका तत्कालीन अधिकृत कमलप्रसाद पराजुलीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
फागुन १ गतेलाई 'जनयुद्ध दिवस'का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
इन्जिनियरका रूपमा काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा लिन शुरू गरिएको काउन्सिलका सदस्यसचिव शिवमंगल गिरीले बताएका छन्।
गृहसचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा जोड दिएका छन्।
अखिल नेपाल फुटबल संघको नेतृत्व खेल विकास र खेलाडीको हितभन्दा आफ्नो लाभमा मस्त रहेको दृष्टान्त हो– विधान मिचेर पदाधिकारीलाई दिन थालिएको तलब। जबकि, खेलाडीले वर्षौंदखि घोषित पुरस्कार नै पाएका छैनन्।
कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
छापावाल सुन आइतबार एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।
चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ।
रथयात्रा
सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाउने कार्य शुरू भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरू गरिएको हो। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।