विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।
ताम्राकार नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)मा १७५ रुपैयाँको जागिर छाडेर १२५ रुपैयाँ तलबमा २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।
कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।
युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेस्टाइन तथा इंग्ल्यान्डले इटालीलाई पराजित गर्दै विजयी शुरूआत गरेका छन्।
गत वर्ष केबल ३७ हजार ८ सय ६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै पनि करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।
दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसँगै वर्षाको सम्भावना छ।
उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई र एटीसीसँग अश्लील शब्द बोल्ने एक हेलिकप्टर पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले 'ग्राउन्डेड' गरेको छ।
मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताएकी छन्।
सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी भारत सरकारलाई दिएको बताएकी छन्।
फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।
खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
गत निर्वाचनमा सप्तरी-२ बाट पराजित उपेन्द्र यादव बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्। तर उनलाई मधेश केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीले चुनौती दिँदैछन्।
अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास घोषणा गरेका सुजल श्रेष्ठले ११ वर्ष छातीमा देशको झण्डा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्बिलो महसुस गरेको बताएका छन्।
भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च बढाउन र व्यापार घाटा कम गर्न नसके समृद्धिको नाराले मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।
राष्ट्र बैंकले सीमा बढाउँदै ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई सेना के कति चाहिन्छ, त्यसको निर्धाण सरकारले गर्ने बताएका छन्।
एसीसी पुरुष प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल रहेको समूहमा मलेसियासहित साउदी अरब, कतार र ओमान रहेका छन्।
विधेयकमा क्यालिफोर्निया प्रहरीले अश्वेत वा अन्य देशका नागरिकलाई नियन्त्रणमा लिन कुकुरको सहयोग लिन नपाउने व्यवस्था गरिएको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गर्दा न्यून सुविधा थियो। सुविधा थप गर्दै गएको केन्द्रमा गत माघ ६ गते १ हजारौँ बिरामीको मिर्गौला प्रत्यारोपण भयो।