नेपाल विद्युत् प्राधिकरणले साढे ६ महिनाको अवधिमा भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको जनाएको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। मेरो त्यागलाई कांग्रेसले बुझ्छ, पार्टीमा उत्साह आउँछ भन्ने लागेको छ।
नेपाली कांग्रेसको संस्थापनइतरबाट संसदीय दलको नेताको साझा उम्मेदवार गगन थापालाई नेता प्रदीप पौडेलले पनि साथ दिने भएका छन्।
पन्ध्रौँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्न सहमत भएपछि डा. कोइरालाले नै थापालाई दलको नेतामा प्रस्ताव गरेको स्रोतले जनाएको छ।
सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले बताएका छन्।
चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।
सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहमा महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी जुटेको छ।
निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।
संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।
धानबाली लगाउने समय असार–साउनदेखि नपाइएको मल हिउँदे बाली लगाउँदा पनि आइपुग्दैन। मल ल्याउने कबुल गरेर ठेक्का पाएका कम्पनीले आयातै गर्दैनन्। किन किसानले वर्षौंदेखि मलको हाहाकार भोग्दैछन्?
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ।
जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।