बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।
मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी भएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले राजीनामा दिएका छन्।
पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।
कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताएका छन्। उनले मल कहिले आइपुग्छ भन्ने टुंगो नभएको पनि सदनलाई जानकारी गराए।
अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदीय समिति गठन प्राथमिकता प्राप्त कार्यसूचीको विषय भएकाले छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाइने बताएका छन्।
नेपालमा शून्यमा झरेको कोरोना संक्रमण अहिले पुनः बढिरहेको छ। सोमबार ७६ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।
नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने राष्ट्र बैंककाे प्रतिवेदनमा उल्लेख छ।
द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही नै गर्न नमिल्नेगरी तयार पारिएको विधेयक जस्ताको तस्तै पारित त होला, तर त्यसमा आकर्षित हुने अन्तराष्ट्रिय कानूनलाई के गर्ने?
युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।
पाल्पाको रामपुर–५ मा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले उखुखेती थालेका छन्। रैथाने जातको संरक्षण गर्दै नगरपालिकालाई उखुमा आत्मनिर्भर बनाउने उनीहरूको योजना छ।
नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ।
भौगोलिक रूपमा विकट, छरिएका, सार्वजनिक सेवा सुविधा पुर्याउन कठिन र विपद्को उच्च जोखिममा रहेका बस्तीलाई एकीकृत गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने चलन छ।
तपाईं कुनै पनि डाक्टरकहाँ आफ्ना स्वास्थ्य समस्या लिएर जाँदा उनीहरू ठूला-ठूला 'ज्ञान' दिन्छन्, 'तिमी यसो गर, यो गर र यो गर्नुहुँदैन।' तर अणुव्रतले हामीलाई साना–साना कुराहरूमा ख्याल गर्न जोड दिन्छ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।
मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्याएको भए पनि पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर बताउँछन्।
मलेसियाको तल्लो सदनबाट मृत्युदण्डको विकल्पमा आजीवन कारावासको सजाय दिने गरी विधेयक पारित भएको छ।
बेपत्ता पारिएका चन्द्रप्रसादलाई सरकारले शहीदको मान्यता दिएपछि मृत घोषणा भएको ठानेर आफूहरूले कुशको शव बनाई अन्तिम संस्कार गरेको छोरा कृष्णउदास बताउँछन्।