नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा रामसरोज यादवलाई पराजित गर्दै कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।
बागमती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको अधिवेशन बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।
रुसले युक्रेनमाथि एकैदिन १२० क्षेप्यास्त्र प्रहार गरेको छ। तीव्र हमलाका कारण युक्रेनी जनमानसमा त्रास बढेको छ भने केही स्थानमा जनधनको क्षति पुगेको छ।
काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती खाली गराउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले बस्ती हटाएर उक्त ठाउँको सौन्दर्यीकरण गर्ने बताएको छ।
स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।
हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ‘अन्तर्घात’ गर्नेलाई कारबाहीका लागि सिफारिस गर्न समय थप गरेको छ।
कसैले उम्मेदवारी फिर्ता नलिएमा निर्वाचनबाट दलको नेता चयन हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सुरक्षाकर्मी पदाधिकारीले भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन खुलाइ विभागीय स्वीकृति लिनुपर्ने जानकारी गराएका छन्।
नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबहाली गर्दै सरकारी वकिलका सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। थाइल्यान्डको सीमासँग जोडिने पोइपेमा आगलागी भएको हो।
विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाउँदा चालु आर्थिक वर्षमा राजस्व घटेको तर, निर्वाचन खर्च धान्नु परेको कारण बजेट असन्तुलन देखिएको सरकारले बताए पनि ४६ वर्षदेखि नेपालले यही समस्या भोगिरहेको छ।
मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरेर फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ।
मेलम्चीको पानी वितरण गर्न एक हजार १० किमी वितरण सञ्जाल बनाइएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।
नेपाल टी-२० लिगमा विराटनगर २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ।
छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
पार्किङ निर्माणमा हामी गएका नै छैनौँ। मेरो अडान भनेको डीपीआर गर्ने कुरालाई नकारात्मक रूपमा नलिउँ। खुला क्षेत्र खुला नै राख्नुपर्छ भन्ने जुन अभियान छ, त्यसलाई ध्यानमा राखेर मात्र हामीले काम गर्नुपर्छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि पहिलो पटक बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
शक्ति बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।