AnonymousUser

Logout

अरुण तेस्रो : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचना प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

काठमाडौँको कोर एरियाः जग्गा नहुँदा आकाश कब्जा

सम्पदा बस्ती मानिने काठमाडौँका कोर एरियामा जथाभावी बनेका अग्ला र सुरिला भवनले नगरको मौलिक सौन्दर्य मात्र नष्ट गरेका छैनन्, भूकम्पीय जोखिमलाई पनि निम्ता दिइरहेका छन्।

रुस–युक्रेन युद्ध रोक्न चीनले पहल गरोस् : फ्रान्सेली राष्ट्रपति म्याक्रों

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।

सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]

न्यूनतम साझा कार्यक्रममा खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने उल्लेख छ।

परराष्ट्रसचिव पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री छिनबीच बेइजिङमा भेटवार्ता

परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री छिन काङबीच बेइजिङमा भेटवार्ता भएको छ।

बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फालियो, संसदीय समिति बनाएर अनुगमन गरौँ : राजेन्द्र पाण्डे

सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडाको समस्या समाधानका लागि संसदीय समिति बनाएर निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताएका छन्।

भक्तजनको घुइँचो

बालाजुमा २२ धारा मेला

चैत शुक्ल पूर्णिमाका दिन काठमाडौँको बालाजुमा लागेको २२ धारा मेलामा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। यस दिन २२ धारामा स्नान गरे लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ। राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए। अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएको बताइन्छ। \r\n\r\n

उपनिर्वाचन : आचारसंहिता शुक्रबारबाट लागू हुँदै

निर्वाचन आयुक्त भण्डारीले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताएका छन्।

आर्मीमाथि थ्री स्टारको संघर्षपूर्ण जित, हारबाट जोगियो मछिन्द्र

'ए' डिभिजन लिगमा थ्री स्टारले आर्मीमाथि संघर्षपूर्ण जित हात पार्दा अर्को खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग बराबरीमा खेल्दै अंक बाँडेको छ।

चीनमा इरान र साउदीका विदेशमन्त्रीबीच उच्चस्तरीय वार्ता, दूतावास खोल्ने सहमति

चीनमा भएको उच्चस्तरीय वार्तामा इरान र साउदीका विदेशमन्त्रीबीच पुनः दूतावास र कन्सुलर कार्यालय खोल्ने सहमति भएको छ।

फिफा वरीयतामा नेपालले गर्‍यो सुधार

नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो।

पुँजीगत खर्च बढाउन र विकास आयोजनाहरूको निर्माण समयमै सक्न सरकारसँग सांसदहरूको माग

सांसदहरूले चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासमेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्नुपर्ने बताए।

एनसेललाई सरकारी स्वामित्वमा नल्याउन सेटिङमा कानून फेरिँदै छ : रघुजी पन्त

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा एनसेल सरकारको स्वामित्वमा नआउने ढंगले प्रावधान राख्न लागिएको भन्दै आपत्ति जनाए।

बारा-२: बदलिएको समीकरणमा कसको पल्ला भारी?

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार फेरि पनि 'गेम चेन्जर' हुने संभावना छ। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवारले पाएको मत उल्लेखनीय थियो।

२ महिना प्रशिक्षकको जिम्मेवारी सम्हाल्न चेल्सी फर्किए लाम्पार्ड

लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

मौलिक हातेकलालाई प्लास्टिकका सामानले विस्थापित गर्दै

विदेशी कालिगड नेपालमा भित्रिरहँदा नेपाली कालिगड भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गर्नुपर्ने कलाकारहरू बताउँछन्।

मुम्बई सिटीविरुद्ध खेल्न भारत आउलान् त रोनाल्डो?

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ।

ताइवानी राष्ट्रपतिले अमेरिका भ्रमण गरेपछि चीन रुष्ट, सीमामा थाल्यो सैन्य अभ्यास 

ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ। 

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदूरपश्चिममा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोपको ‘बुस्टर डोज’ दिन थालिएको छ।