यो महँगीमा १५ रुपैयाँले दिवा खाजा कार्यक्रमले राखेको उद्देश्य पूरा गर्न असम्भव प्रायः छ। रकम कम हुँदा भाँडा र भान्सेकै व्यवस्थापनसमेत चुनौतीपूर्ण देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।
अहिलेसम्म सबैभन्दा बढी बाँचेको कीर्तिमान फ्रान्सकी जिना काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेकी थिइन्। सन् १८७५ मा उनी जन्मिँदा मान्छेको औसत आयु ४० वर्ष मात्र थियो।
सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।
'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'
बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ।
तथ्यांकले पर्यटन क्षेत्र पुरानै लयमा फर्किंदै गरेको देखाए पनि पर्यटन प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै पहल हुन नसकेको व्यवसायीको गुनासो छ।
कोरोना संक्रमितको ग्राफ उकालो लागिरहे पनि सरकारले हरेक दिनको स्पष्ट तथ्यांक सार्वजनिक गर्ने गरेको छैन। गोलमटोल तथ्यांकका कारण महामारीले विकराल रूप लिइसकेपछि मात्र थाहा हुने विज्ञहरू बताउँछन्।
विश्व बैंकको अध्यक्ष डेभिड मालपासले अफ्रिकी देशलाई चीनले उपलब्ध गराएको ऋण चासो विषय बनिरहेको बताएका छन्।
चोटका कारण आईपीएल २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्।
सभामुखको तजबिजी अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउनका लागि हालिएको संशोधन प्रस्ताव सत्तारुढ दलका सांसदहरूले फिर्ता लिएका छन्।
सहाराविहीन बालबालिकाका निम्ति खुलेको बाल संगठनको सम्पत्तिमा रजगज गरेका पदाधिकारी र कर्मचारीले त्यहाँ आश्रित अनाथ बालबालिकाको जीवनसितै कसरी खेलबाड गरे भन्ने ज्युँदोजाग्दो उदाहरण हुन्, प्रकाश महर्जन।
सत्ता टिकाउन कुनै कसर नछाडेका प्रधानमन्त्री दाहालको मधुमास अवधि आशा जगाउनेभन्दा विवाद बढाउनेमा केन्द्रित रह्यो।
पाथीभरामा हिमपात
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शनिबार सामान्य वर्षासँगै मन्दिरदेखि माथिल्लो फेदीसम्म भएको हिमपाताका कारण यो क्षेत्र सेताम्मे भएको छ। तस्वीरहरू : रक्की थेवे
आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्यालाई विषयान्तर गर्न नदिइने र पीडितलाई न्याय दिनका लागि सरकारले संकल्प लिएको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
कोलोराडोमा र्याफ्टिङ गर्ने क्रममा १३ वर्षअघि हराएको क्यामरा भेटिँदा त्यसमा रहेका सबै तस्वीर र भिडियो सुरक्षित रहेको पाइएको छ।
आँधीका कारण अमेरिकाका भर्जिनिया, ओहायो र पेन्सलभेनिया राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।
२०७९ सालको निर्वाचन पहिले कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री पाण्डेले बताए।