घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत सवारीसाधनले दर्ता भई काम गर्न नपाएको गुनासो आएकाले दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा बनाउन मुख्यसचिव वैरागीलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।
धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ।
३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।
पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।
'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।
पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।
लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।
शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ।
महाकालीपारि भारतीय सडक प्रयोग गरेर घर फर्किंदै गरेकी आमालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा नदीमा खसेका थिए।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
रमदान
इस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र देशभर मनाइँदै छ। इदुलफित्र मुस्लिम समुदायका धर्मावलम्बी एक महिना रोजा व्रत बसेर मनाउने गर्छन्। काठमाडौँको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन्। रमदान अर्थात् रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र मनाइरहेका छन्। \r\n\r\n