AnonymousUser

Logout

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेट, क्षेत्रीय शान्ति र स्थिरता कायम गर्नेबारे छलफल

दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, नौसेना सञ्चारलाई सुदृढ गर्ने र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

पहिरो पन्छाउन नसक्दा ५ दिनदेखि यातायात ठप्प

नवलपुरको पहाडी क्षेत्रमा यातायात सञ्चालन हुने मुख्य सडकको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षा र पहिरो नरोकिएका सडक तत्काल सुचारु हुने अवस्था नरहेको प्रहरीले जनाएको छ।

पृथ्वीको ज्वरो:  सबै पृथ्वीवासी जुट्नुपर्‍यो

पृथ्वीका 'एअर कुलर' भनी चिनिएका 'अन्टार्क्टिक', 'ग्रीनल्यान्ड' र हिमालयन क्षेत्रको हिउँ सन् २०४० पछि रहने सम्भावना देखिँदैन। वनजंगल विनाशले त तोकिएको सीमारेखा पार गरिसकेको छ।

विपद्को सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ।

कस्तो छ मंगलबारकाे मौसम?

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्यासहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

ललिता निवास प्रकरणको अनुसन्धान संगठित अपराधमा केन्द्रित गरिँदै

२०७८ पुसमा जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको र थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गरेपछि रोकिएको यस मुद्दा करिब १८ महिनापछि प्रहरीको सीआईबीले पुनः अघि बढाएको हो।

ओली भन्छन्– देश र जनताको सेवाबापत मिल्ने सन्तुष्टि नै मेरा लागि सबैभन्दा ठूलो प्राप्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको समृद्धका लागि राम्रो काम गरेकाले आफूहरूलाई सरकारमा जान रोक्ने निरन्तर प्रयास भइरहेको बताएका छन्।

आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य तीन थरी

नेपाल आयल निगमले मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ।

शरणार्थी प्रकरणमा प्रहरीको दोस्रो चरणको अनुसन्धान, थप ‘हाइप्रोफाइल’ खोज्दै

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएपछि दोस्रो चरणको अनुसन्धान अघि बढाएको प्रहरी थप ‘हाइप्रोफाइल’हरूको संलग्नता पुष्टि गर्ने प्रमाण जुटाउन लागिपरेको छ।

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्तागठबन्धनको निर्णय

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ।

वर्षात‍्को आगमनसँगै महानगरका सडक धराप बन्दै (भिडिओ)

सडक विभागले राष्ट्रिय राजमार्ग र रणनीतिक सडकमात्रै आफू मातहत रहेको बताउने गरेको छ। त्यसैले धेरैजसो सडक स्थानीय तहअन्तर्गत छन्। तर, काठमाडौँका स्थानीय तहलाई आफूमातहतको सडकको अवस्थाबारे थाहा नै छैन।

प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको जवाफ: राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य विषय थिएन

प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चात्ताप लागेको बताएका थिए।

किर्गियोसले विम्बल्डन गुमाउने

निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन्।

गायक राज सिग्देलको नयाँ गीतको भिडियो सार्वजनिक

भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। गीतको रचना महेश श्रेष्ठले गरेका हुन्।

नेपालमा तत्काल नयाँ विश्वविद्यालय आवश्यक छैन: खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकाटाले वित्तीय र भौतिक संरचनाको अभावले पनि तत्काल नयाँ नेपाल विश्वविद्यालय खोल्न उपयुक्त नदेखिएको बताए।

किशोर हत्यापछि तरंगित फ्रान्स, ट्राफिकलाई दिइएको गोली हान्ने अधिकारमाथि प्रश्न

फ्रान्समा नाहेल मेर्जोकलाई ट्राफिकको चेक-पोइन्टमा गाडी नरोकेका कारण गोली हानी हत्या गरिएपछि सन् २०१७ मा ट्राफिकलाई बन्दुक प्रयोगको अनुमति दिन परिवर्तन गरिएको दण्डसंहितामाथि प्रश्न उठाइएको छ।

राष्ट्रियसभामा खर्च कटौती प्रस्ताव पेस

राष्ट्रियसभा सदस्यहरू इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले बजेटमाथि खर्च कटौती प्रस्ताव पेस भएका छन्।

आदिपुरुषको परकम्प: अधिकांश हल खाली (भिडिओ)

अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।

फेरि २१ सय बिन्दुमुनि झर्‍यो नेप्से, सोमबार ४ अर्बको कारोबार

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारकाे बिन्दुमा झरेको छ।

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेकाे सीआईबीको टोलीले गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको छ।