पोखरास्थित रत्नमन्दिर गएको जेठ १५ गतेबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिए पनि दरबारभित्रका संरचना खुला नगरिएपछि त्यहाँ पुग्ने पर्यटकले असन्तुष्टि जनाउने गरेका छन्।
पीडित महिला भन्छिन्– ‘म उजुरी गर्न भौँतारिइरहँदा उसैले मविरुद्ध अदालतबाट अन्तरिम आदेशसमेत लिइसकेछ। उसलाई समयमै पक्रेको भए यसरी खेल्ने ठाउँ पाउँदैनथ्यो। म हार खाँदिन, अन्यायविरुद्ध जसरी पनि लड्छु।’
असारमा मात्र बजेट खर्च हुने परिपाटी अन्त्य गर्न आगामी कात्तिकदेखि नै आयोजनाको ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।
चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।
नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।
जर्मनीको बर्लिनबाट फर्काइएको मूर्ति काठमाडौँबाट २५ किलोमिटर दूरीमा पर्ने धुलिखेलको वः टोल पुग्न सकेको छैन। बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको मूर्ति पाटन दरबार संग्रहालयमा राखिएको छ।
श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।
आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।
स्थिरता र समृद्धिको बाधक बनेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केही नेताले समानुपातिक निर्वाचन प्रणाली खारेजीको माग उठाएका छन्। के उनीहरूले भनेजस्तै यसो गर्न सम्भव छ?
सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।
यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने भारतले जनाएको छ।
बन्दीपुर घुम्न आएका पर्यटकलाई गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सात भाषामा सूचना तयार गरिएको छ। उक्त सूचना ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिन्छ।
पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्।
अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्।
एमालेले सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ।
रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।
मियामीका लागि दुई खेल खेलेका मेस्सीले तीन गोल गर्न सफल भएका छन्। उनी हालै फ्रेन्च क्लब पीएसजी छाडेर मियामी गएका थिए।
अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रतिबन्धपछि देशभर करिब १२ हजार ब्युटी पार्लरमा काम गर्ने ६० हजार महिलाले आम्दानी गुमाएका छन्।