AnonymousUser

Logout

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख 

शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।

हरिहजुर भलिबल टोलीको कप्तानबाट बर्खास्त, आर्मीका ३ खेलाडीलाई प्रतिबन्ध

संघले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको छ।

काठमाडौँमा सहकारीपीडितको प्रदर्शन, ५ जना पक्राउ

बचत गरेको रकमको ब्याज, बोनस  र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।

गठबन्धन बलियो धरातलमा उभिएको छ, धुपबत्ती गर्दैमा ढल्दैन: भौतिकमन्त्री

समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।

जनकपुर–जयनगर रेल आइतबारदेखि बिजलपुरासम्म सञ्चालन हुँदै

पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बाँकेका महिला 

ज्यालामजदुरी गरेर गुजार चलाइरहेका बाँकेको बैजनाथका महिला तरकारी खेतीमा लागेका छन्। उनीहरू अर्ग्यानिक तरकारी बेच्न प्रत्येक बिहान नेपालगन्ज बजार जाने गर्छन्।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ११ जना घाइते

कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ। 

भारतको सर्वोच्च अदालतमा राहुल गान्धीको पुनरावेदन

सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो। 

बर्खामा ढुवानी गर्न घोडा–खच्चडकै भर

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सवारीसाधन नचल्ने भएपछि व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्।

नववर्ष र आर्थिक वर्ष एउटै बनाउने कि?

यसै वर्ष पनि सरकारले असार, साउन र भदौ महिनामा सडक एवं पूर्वाधार निर्माणको काम नगर्ने भनियो। काम प्रभावकारी, दिगो र पक्का हुँदैन भनेर नै त्यस्तो भनिएको होला।

प्रतिपक्षीबिना नै पारित गरियो सुदूरपश्चिम सरकारको बजेट

सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।  

कस्तो छ आइतबारको मौसम?

दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

नयाँ पार्टीप्रति विश्वप्रकाशको टिप्पणी– खहरेबाट बिजुली निकाल्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।

सोमबारदेखि भारी वर्षाको सम्भावना

संघीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ।

एनभीए महिला तथा पुरुष क्लब भलिबल: पुलिस र हेल्प नेपाललाई उपाधि

महिलातर्फ पुलिसले र पुरुषतर्फ हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधि उचालेका छन्।

गठबन्धनले कोशीमा संविधानविरोधी कार्य गरेको एमालेको ठहर, तत्काल प्रदेश सरकार भंग गर्न माग

एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ। 

कांग्रेस महामन्त्रीप्रति महतको टिप्पणी– नेतृत्वको बहस सामाजिक सञ्जालमा होइन, संयन्त्रमा गरौँ

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।

लकडाउनमा ‘लक क्लिक’ भएका चरा फोटोग्राफर

लकडाउनका बेला छतबाट चराको फोटो खिच्न शुरू गरेका दशरथले हिमालको डाँफेमुनाल र अधिकांश वन्यजन्तुका फोटो खिचिसकेका छन्। उनको रहर चराको फोटो खिचेर नेपाललाई संसारसामु चिनाउने रहेको छ।

चितवनबाट पहिलो पटक पशु आहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ।

सबैलाई साथमा लिएर हिँड्न कांग्रेस तयार छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै आदिवासी, जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए।