AnonymousUser

Logout

विद्युतीय ट्याक्सीमा प्रदेशले ल्याए निश्चित कम्पनीलाई लाभ हुने मापदण्ड, संघले खोल्ला प्रतिस्पर्धी बजार?

विद्युतीय ट्याक्सी खरिदमा खुला बजारमाथि बन्देज लगाउने गरी बागमती र गण्डकी प्रदेश सरकारले ल्याएको मापदण्डलाई अदालत गएर चुनौती दिएका व्यवसायी संघीय सरकारले ल्याउने नयाँ मापदण्डको पर्खाइमा छन्। 

राजनीतिक विषयमा मन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन: प्रधानमन्त्री

नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।

विरोध

’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’

अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि शुक्रबार सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्। ‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्। नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा पहिल्यै छन् र रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्। उनीहरूले ’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’, ‘रुबिन फिर्ता जाऊ’, ‘$२०,००० दिएर हामीलाई दास बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। 

फिलिपिन्समा डुंगा पल्टिँदा ३० जनाको मृत्यु, ४० को उद्धार

हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्। 

हेपाटाइटिसबाट हरेक वर्ष १० लाखभन्दा बढीको मृत्यु: कसरी बच्न सकिन्छ?

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिले सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। 

'ग्रासरूट' क्रिकेट: टोल र विद्यालयमै क्रिकेट प्रतियोगिता गरौँ

ग्रासरूटमा क्रिकेट विकासका लागि लाग्नुपर्ने जिल्ला क्रिकेट संघले हो। तर, पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेक केही काम भएको छैन। ग्रासरूटमा क्रिकेट विकासको अवस्था अत्यन्त दयनीय छ।

एशियाडमा नेपालबाट २३४ जना खेलाडीले भाग लिने

तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।

काठमाडौँसहित देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वीरगन्जमा खानेपानीको हाहाकार : टोल–टोलमा ट्यांकरमार्फत पानी बाँडिँदै

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।

मन्त्री बस्नेत भन्छन्– स्वास्थ्य क्षेत्रमा ६ महिनाभित्र आमूल परिवर्तन हुन्छ 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे‍का छन्।

समाज कल्याण परिषद्ले थाल्यो भाडा नतिर्ने व्यवसायीमाथि असुलीको प्रक्रिया

समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।

१०० किलो सुन प्रकरणले किन ‘हायलकायल’ देखिँदैछ एमाले?

विमानस्थलबाट भित्रिएको एक सय किलोग्राम सुन तस्करीलाई लिएर एमाले अध्यक्ष ओलीले दिइरहेका अभिव्यक्ति र एमाले संसदीय दलको निर्णयबमोजिम संसद्मा शुरू गरिएको अवरोधले धेरैलाई अचम्मित तुल्याएको छ।

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

सवारी ज्यान मुद्दामा न्यायाधीशले कानूनी छिद्रको आडमा फैसला गर्दा ‘लापरबाहीका दोषी’ चालकलाई उन्मुक्ति

विभिन्न जिल्लाका न्यायाधीशहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) बमोजिमको अभियोग दाबीलाई उपदफा (३) अनुसारको कसुरमा बदलेर कमजोर सजायको फैसला गरी  दोषी चालकलाई उम्काइरहेका छन्।

फलफूल आयात गर्न गत वर्ष बाहिरियो १६ अर्ब आठ करोड

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।

संघमा दुइटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौँ: राजेन्द्र लिङ्देन

प्रतिनिधिसभा भइसकेपछि राष्ट्रियसभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

नेप्से २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा सीमित

बिहीबार कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

एशियाली खेलकुद : नेपालले जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने

नेपाली महिला टोलीले चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबलमा जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।