कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
सप्तरीमा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ। तीमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ पीडितले साहुलाई तिराएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट जिपसहित चालक बेपत्ता भएको छ।
वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ७ महिना पुग्न लागिसकेको छ। संसद्को यो अवधि केवल एक थान कानून निर्माणमै व्यतीत भएको छ।
सत्तारुढ सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने बताए।
म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।
काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा. आयुष्मा रेग्मीले तयार पारेको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो।
निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त अधिकारलाई सुनिश्चित गर्न नसकेको लैंगिक तथा अल्पसंख्यक समुदायको ठहर छ।
आर्मीको 'प्रोटेस्ट'पछि एमआरआई जाँच गर्दा उमेर बढी देखिएका एक खेलाडी खेलाउन पाउनु पर्ने अडान राखेर लिग नै बहिस्कार गर्ने एनआरटीको निर्णयले त्यस क्लबमा आबद्ध २८ खेलाडी खेल्नबाट वञ्चित भएका छन्।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।
काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेभित्र प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।