बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो।
नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।
क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ।
आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।
विद्युतीय ट्याक्सी खरिदमा खुला बजारमाथि बन्देज लगाउने गरी बागमती र गण्डकी प्रदेश सरकारले ल्याएको मापदण्डलाई अदालत गएर चुनौती दिएका व्यवसायी संघीय सरकारले ल्याउने नयाँ मापदण्डको पर्खाइमा छन्।
नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।
विरोध
अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि शुक्रबार सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्। ‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्। नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा पहिल्यै छन् र रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्। उनीहरूले ’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’, ‘रुबिन फिर्ता जाऊ’, ‘$२०,००० दिएर हामीलाई दास बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।
लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्।
हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिले सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ।
ग्रासरूटमा क्रिकेट विकासका लागि लाग्नुपर्ने जिल्ला क्रिकेट संघले हो। तर, पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेक केही काम भएको छैन। ग्रासरूटमा क्रिकेट विकासको अवस्था अत्यन्त दयनीय छ।
तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।
दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरेका छन्।
समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।
विमानस्थलबाट भित्रिएको एक सय किलोग्राम सुन तस्करीलाई लिएर एमाले अध्यक्ष ओलीले दिइरहेका अभिव्यक्ति र एमाले संसदीय दलको निर्णयबमोजिम संसद्मा शुरू गरिएको अवरोधले धेरैलाई अचम्मित तुल्याएको छ।
विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।
विभिन्न जिल्लाका न्यायाधीशहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) बमोजिमको अभियोग दाबीलाई उपदफा (३) अनुसारको कसुरमा बदलेर कमजोर सजायको फैसला गरी दोषी चालकलाई उम्काइरहेका छन्।