AnonymousUser

Logout

रसुवागढीमा चहलपहल बढ्यो, ३ महिनामा ४६ देशका पर्यटक भित्रिए

रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्। चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक यहाँबाट नेपाल भित्रिएका छन्।

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन, सर्वसाधारण महँगोमा किन्न बाध्य

चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि १४ हजार २०० क्विन्टल माग गरिएको छ।  

जलवायु परिवर्तन: बाढी पहिरोबाट कसरी बच्ने? 

दक्षिण एशियाको मनसुन हिजोआज कि त भीषण वर्षाका रूपमा देखिन्छ कि त लामो सुख्खाजन्य अवस्थामा देखिन्छ।अनि मुसलधारे बर्सात र हुरी बताससहितको पानीले बबन्डर मच्चाउँछ।

बिहीबारको मौसम: यी प्रदेशमा हुनेछ भारी वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

रत्नमन्दिर खुल्यो तर भित्री संरचना हेर्न पाइँदैन

पोखरास्थित रत्नमन्दिर गएको जेठ १५ गतेबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिए पनि दरबारभित्रका संरचना खुला नगरिएपछि त्यहाँ पुग्ने पर्यटकले असन्तुष्टि जनाउने गरेका छन्।

इन्जिनियरको यौन दुर्व्यवहारमा परेकी महिला एक महिनादेखि न्यायको याचनामा, पक्राउ परिने डरले पीडितमाथि नै आरोपीको मुद्दा

पीडित महिला भन्छिन्– ‘म उजुरी गर्न भौँतारिइरहँदा उसैले मविरुद्ध अदालतबाट अन्तरिम आदेशसमेत लिइसकेछ। उसलाई समयमै पक्रेको भए यसरी खेल्ने ठाउँ पाउँदैनथ्यो। म हार खाँदिन, अन्यायविरुद्ध जसरी पनि लड्छु।’

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

असारमा मात्र बजेट खर्च हुने परिपाटी अन्त्य गर्न आगामी कात्तिकदेखि नै आयोजनाको ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।

कांग्रेस महासमिति बैठक मंसिरमा, केन्द्रीय समितिको अर्को बैठक असोज २ गते

नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।

१९औँ एशियाली खेलकुद: नेपालको झन्डा दीपक महर्जनले बोक्ने

चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।

विभिन्न समयमा जफत भएका ८ हजार ८९६ थान हतियार नष्ट

नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।

हराएर साढे दुई दशकअघि नेपाल फर्किएको उमामहेश्वरको मूर्ति पुनःस्थापनाको पर्खाइमा धुलिखेलवासी

जर्मनीको बर्लिनबाट फर्काइएको मूर्ति काठमाडौँबाट २५ किलोमिटर दूरीमा पर्ने धुलिखेलको वः टोल पुग्न सकेको छैन। बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको मूर्ति पाटन दरबार संग्रहालयमा राखिएको छ।

नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब ब्लूमफिल्डसँग पराजित

श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।

सुन तस्करी छानबिन उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गर्‍यो  प्रतिनिधिसभा बैठक अवरुद्ध

आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।

निर्मला हत्याका पाँच वर्ष, प्रहरी भन्छ- अनुसन्धान जारी छ

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।

कांग्रेसमा उठेको समानुपातिक प्रणाली खारेजीको माग

स्थिरता र समृद्धिको बाधक बनेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केही नेताले समानुपातिक निर्वाचन प्रणाली खारेजीको माग उठाएका छन्। के उनीहरूले भनेजस्तै यसो गर्न सम्भव छ?

सुन प्रकरण निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले बुझायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत, प्रवर्द्धनका लागि राष्ट्रसंघलाई १० लाख डलर प्रदान

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने भारतले जनाएको छ।

बन्दीपुरका पर्यटकीय गन्तव्यको सूचना ७ भाषामा

बन्दीपुर घुम्न आएका पर्यटकलाई गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सात भाषामा सूचना तयार गरिएको छ। उक्त सूचना ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिन्छ।

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, ६ जना पक्राउ

पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्। 

दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु

अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्।