विज्ञहरूले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरू स्वतः हट्ने बताए।
करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन्। सुनपोखरी, लामपोखरी, कुहिने पोखरी हाँस पोखरीलगायत पोखरीको अवलोकन गर्न पाइन्छ।
समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए।
मानबहादुर घरभन्दा ६० किमि टाढा नवलपरासीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता हेर्न पुगेका थिए। तर मध्यपश्चिमका एक खेलाडी खेलअघि नै घाइते भएपछि मानबहादुरको जिन्दगीको बाटो नै मोडियो।
मन्त्री महतोले बाघ, हात्तीलगायत वन्यजन्तुका लागि वासस्थानमै उचित खानपानको व्यवस्था गर्ने विषयमा वन्यजन्तुका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले लगानी गर्नुपर्ने बताए।
१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। रोकथामका लागि दीर्घकालीन योजना नहुँदा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको दाबी छ।
ललितपुरको खोकनाका स्थानीय धान गोड्न व्यस्त छन्। जेठको अन्त्य र असारको पहिलो सातातिर धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ।
आर्मीले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ‘ए’ वरीयताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
विरोध
नगरप्रहरीको ज्यादती बन्द गर्न, गैरकानूनी कदम रोक्न, ठेला गाढा, साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै शनिबार राष्ट्रिय सभागृहअगाडि ‘गरिबको चमेली’ गीत गाउँदै युवाहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र रूपमा उपस्थित भएका युवाहरूसँगै काठमाडौँमा फुटपाथ तथा सडकमा व्यापार गर्नेहरूले नगरप्रमुख बालेन शाहको कार्यकक्ष सभागृहको गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा उत्रिएकाहरूले ‘गरिखान देउ ! नगरप्रहरीको दमन बन्द गर’, ‘मानवता, समानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’ ‘सडक– साइकल– गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ’, ‘हाम्रो चिनारी क्रूरता कि करुणा’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायतका प्लेकार्ड बोकेका थिए।
विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।
सबैले बुझ्नै पर्ने कुरा, संरक्षण क्षेत्रभित्र घुमफिर गर्दा महत्त्वपूर्ण नियम पालन गर्नु आवश्यक छ। त्यो हो, ´तिमीले आफ्नो पदचापबाहेक केही नछोड, केही तस्वीरबाहेक अरू चीज नलैजाऊ`।
बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।
विरोध
विवादबीच उद्घाटन भएको इतुंबहाल संग्रहालय शनिबारबाट सर्वसाधारणको लागि खुल्ला भएको छ। संग्रहालयमा विहारका विभिन्न पुरातात्त्विक वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ। तीन कोठामा रहेको संग्रहालयमा करिब सय वटा कलावस्तुबारे नेपाल भाषा, नेपाली र अंग्रेजी तीन भाषामा जानकारी राखिएको छ। संग्रहालयमा एक हप्ताका लागि निःशुल्क भ्रमण गर्न सकिने संग्रहालयले जनाएको छ।
शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।
नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ। मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्।
कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँको इतुंबहालमा संग्रहालय स्थापनाका नाममा अमेरिकास्थित ‘रुबिन म्युजियम’ले गरेको सहयोगले प्राचीन सम्पदामाथि हस्तक्षेप भएको भन्दै संस्कृति र सम्पदा संरक्षणका अभियन्ता नै विरोधमा उत्रिएका छन्, किन?