AnonymousUser

Logout

पहिरोका कारण देशभर ६ स्थानमा राजमार्ग अवरुद्ध, २३ सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ भित्रिने प्रमुख सडक नारायणगढ–मुग्लिनखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ। उक्त सडकखण्ड केही दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।

बाँदर आतंकले हैरानी: दिनभर कुरुवा बस्छन् स्थानीय

एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमा कुरुवा बस्न बाध्य छन्। कतिपय खेतबारी बाँदरकै कारण बाँझिएका छन्।  

निजी लगानीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

लगानी बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणको मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

हुम्ला सर्केगाढका विभिन्न गाउँमा पहिरो, ५०० भन्दा बढी घरधुरी जोखिममा

पहिरोका कारण मानवीय क्षति नभए पनि गाउँका पुल, पानीघट्ट, खेती, खानेपानीलगायत भौतिक संरचना बगाएको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताए।

‘सभाहल अपांगतामैत्री भएन, ह्विलचेयरमा जान सकिँदैन’

अपांगतामैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ। माग सुनुवाइ नभए आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ।

कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ, अवैध सम्पत्ति आर्जन गरेको आरोप

निकोलसले सन् २०२२ मा आफ्ना पिताको राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करबाट ठूलो रकम लिएको आरोप लागेको थियो।

सरकार ताते हल हुन्छ मिटरब्याजी समस्या

सरकारले संशोधित ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न सक्यो भने मधेशमा मिटरब्याज उन्मुलन नै हुन्छ। त्यसैले त मिटरब्याजी यतिखेर त्रस्त छन्। भर्खरै महोत्तरीमा ३०–३५ जना साहुकार आफ्ना ऋणीसँग गएर मिलेछन्। 

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

यसवर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित दिवस मनाइँदैछ।

बागमती, गण्डकी र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

हाल कोशी, बागमती र मधेशका पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

अन्तर्राष्ट्रिय सीमाक्षेत्रको अनधिकृत बस्ती हटाइयो

विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ।

थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ को मृत्यु, ११५ जना घाइते

थाइल्यान्डको एक पटका गोदाममा शनिबार भएको विस्फोटमा परी ९ जनाको मृत्यु हुनुका साथै ११५ जना घाइते भएकाका छन्।

पोखरा क्यानोनिङमा चिप्लिएर एक जनाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

क्यानोनिङ खेल्ने क्रममा लडेर घाइते भएकी पोखरा २६ बूढीबजारकी अञ्जिता भण्डारीलाई मनिपाल शिक्षण अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

एमालेका युवाहरूमा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट छैन : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवाहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन्।

माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे छलफल

माओवादी केन्द्रले पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल थालेको छ।

काठमाडौँमा कर्णाली चिनाउने संग्रहालय

डा. गोविन्द नेपालीले २०५५ सालमा क्याम्पस पढ्न थाल्दै कर्णाली सभ्यता चिनाउने सामग्री संकलन शुरू गरेका थिए। त्यसको २६ वर्षपछि स्थापित संग्रहालयमा कर्णाली क्षेत्रबाट लोप भइसकेका सामग्री पनि हेर्न पाइन्छ।

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित प्रशिक्षणमा मछिन्द्र

यसपटक मछिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ। सबैले मिहिनेत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक केसी बताउँछन्

एमालेबाट निर्वाचित जनप्रतिनिधि शालीन हुनुपर्छ : ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालीनता हुनुपर्ने बताएका छन्।

विमल पोखरेलको निबन्ध संग्रह 'धरतीको इन्द्रेणी' सार्वजनिक

विमल पोखरेलले लेखेको निबन्ध संग्रह धरतीको इन्द्रेणीको शनिबार विमोचन भएको छ। यसमा २३ निबन्ध संग्रहित छन्।

अझै केही दिन निरन्तर वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको छ।

शहरिया ग्राहकलाई रैथाने उत्पादनतर्फ आकर्षित गर्ने कृषि हाटबजार [भिडियो]

रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढेको छ।