सुन तस्करी प्रकरणको छानबिनका गर्न समिति बनाउनेबारे सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारका लागि तय बैठक सूचना टाँसेर स्थगित भएको छ।
सहकारीको उद्देश्य र मर्मअनुरूप चलेका विशेषगरी कृषि सहकारीहरूले किसानलाई उद्यमी–व्यवसायी बनाउनेदेखि उनीहरूको जीवनस्तर उकास्नमा योगदान गर्दै संस्थागत दीगोपनमा पनि फड्को मारिरहेका छन्।
डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र भर्नासम्बन्धी निर्णय खारेज, दोषी पदाधिकारीलाई बर्खास्तलगायत माग साउन २९ गतेभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको दबाबका कारण सरकार पुराना भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको बताएका छन्।
नेपाली राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर ८६५ जना डेंगीबाट संक्रमित भैसकेका छन्। सबैभन्दा धेरै पथरीशनिश्चरे नगरपालिकामा ६५० जना बिरामी फेला परेका छन्।
अमेरिकी क्लब मियामी जान असफल भएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने चाहना रहेको बताएका छन्।
पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।
जनमतका विनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा गरेका छन्। जनमतले अब चन्दन सिंह र रन्जु खत्वेलाई सरकारमा पठाउने निर्णय गरेको छ।
यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।
सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।
सो संग्राहलयले नेपाललाई प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर दिएको छ।
एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरू अब साउन १९ गतेदेखि शुरू गरेर भदौ ७ गते सक्ने भएको छ।
तनहुँमा पढ्दै कमाउँदै र एक वडा एक उत्पादन कार्यक्रम लागू भएका गाउँपालिकामा विद्यार्थीले कृषि फार्म चलाउने गरेका छन्। विद्यालयको लगानीमा सञ्चालित फार्मको नाफा विद्यार्थीकै हुन्छ।
नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।
सिंहदरबार सजिलै छिर्न सक्ने, देशका ‘ठूला दरबार’मा सहजै पहुँच पाउने र नेताहरूसँग सजिलै भेटघाट गर्न सक्ने एउटा ‘सर्कल’ले हाम्रा नेताहरूलाई गलत ढंगले प्रभाव पारिरहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको हुँदा बाढी र पहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
धरान उपमहानगरपालिकामा डेंगी संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ भने जेठ दोस्रो सातायता आठ संक्रमितले ज्यान गुमाएका छन्।
सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।