कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।
पूर्वाधार विकास समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।
पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको कांग्रेस चितवन सभापति राजेश्वर खनालले बताए।
मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।
संसदीय सुनुवाइ समितिले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको छ।
‘कांग्रेस या अरू कुनै दल फौजदारी मुद्दामा फैसला गर्ने अन्तिम निकाय होइनन्। हामीले के बुझ्नुपर्छ भने कांग्रेस पार्टी अदालत होइन, राजनीतिक दल हो। दलले जहाँसम्मको सीमा हो, त्यहीँसम्म गर्ने हो।’
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको बताएका छन्।
संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर साउन २२ गते सोमबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्।
परराष्ट्रमन्त्री साउदसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ।
जन्द अल–शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेह अशान्त बनेको छ।
कंक्रिटका घरले भरिएका काठमाडौँ उपत्यकाका शहर र आसपासका क्षेत्रमा अब मौलिक शैलीका परम्परागत घर दुर्लभजस्तै भएका छन्। २०७२ सालको भूकम्पपछि यस्ता घर अझ तीव्ररूपमा विस्थापित भइरहेका छन्।
युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै रहेको प्रधानमन्त्री दहालको भनाइ छ।
अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले मंगलबार टोलीको घोषणा गरेको हो। प्रतियोगितामा ११ टिम सहभागी हुने छन्।
‘ब्लाइन्ड रक्स’ नामक संस्थाले १० दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर मिलाइदिएको थियो। सफलतामा पुग्न अपांगताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको हो।
सावित्रा इजरायली क्लब हापोएल रानानाबाट खेल्न मंगलबार बिहान त्यसतर्फ स्थान गरेकी हुन्। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको छ।
यसअघि भएका सम्झौता कार्यान्वयन, सम्पूर्ण ठेक्काको म्याद एकमुष्ट म्याद थप हुनुपर्ने लगायत माग राखेर निर्माण व्यावसायीले प्रदर्शन गरेका छन्।
सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। जसको एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषद्को बैठक बस्न सकेको थिएन।
सन् २०१५ को जापान यात्रालाई नेपथ्यले भूकम्प पीडितका लागि राहत संकलन गर्ने मञ्चका रूपमा प्रयोग गरेको थियो। त्यसबाट भएको आम्दानी प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।