सांसद डाँगीले वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताइन्।
सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।
द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले तराई/मधेश द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए।
राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि नै निर्मम भएको भन्दै निन्दा गरेका छन्।
युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई पहिलो पटक यति लामो समयका लागि जेल सजाय तोकेको हो।
मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।
गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए। अहिले सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ।
मतदाताको गुनासो यसअघि विकासका अपेक्षा पूरा नभएको भन्ने छ। कतिपयले पुराना दलका नयाँ उम्मेदवारप्रति अपेक्षा गरेका छन् भने, कतिपय नयाँ दललाई मौका दिनुपर्ने बताउँछन्।
बुधबार सम्पन्न हुने सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुनेछ।
चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ।
यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।
सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणकाे जिम्मा लिएको थियो।
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षका लागि मल खरिद गर्न तत्काल बजेट विनियोजन गरिदिन सरकारसँग अनुरोध गरेको छ। विगतमा बजेट ढिलो विनियोजन हुने गरेकाले मल अभाव हुने गरेको लिमिटेडको भनाइ छ।
जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो।
जातकै आधारमा विद्यार्थीहरूले भोगिरहेका छुवाछूतका घटनामा दलका विद्यार्थी संगठन सधैँ मौन देखिन्छन्। अग्रगामी सोच बोक्ने भनिएका विद्यार्थी संगठन यस्ता मुद्दामा मौन बस्न मिल्छ?
स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ।
प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।
रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
वैशाख ११ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।