AnonymousUser

Logout

१८.६० अंकले घट्याे शेयर बजार

आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेकाे हाे।

धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह 

वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ।

चितवनका पुष्पा र अञ्जलीलाई कोशीटप्पुमा सारियाे

वंश विस्तारको योजनाअनुसार कोशीटप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ।

वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो।

उद्योगपति विनोद चौधरीका भारतमा रहेका विभिन्न कम्पनीमा आयकर विभागको छापा

विनोद चौधरीको कम्पनी सीजी र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि, विद्युत् निर्यात बढ्ने

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका यी हुन् ८ कीर्तिमान

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग भएको पहिलो खेलमा विश्व कीर्तिमानी जितसँगै अनेक कीर्तिमानको ओइरो लगाएको छ। 

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शंकरमान’

घान्द्रुकका करिब ३०० घरधुरीमध्ये १०५ मा विभिन्न व्यवसाय सञ्चालित छ। जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन्। 

इराकमा वैवाहिक समारोहमा आगलागी: १०० जनाको मृत्यु, १५० घाइते

आगलागी भएपछि कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

फेवाताल किनारदेखि ६५ मिटरसम्मका संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश

पोखरा महानगरले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिटको पूणर्पाठमा फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरभित्र रहेका सबै संरचना हटाउनुपर्ने उल्लेख छ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। जसले गर्दा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्। 

मंगोलियामाथी नेपालको कीर्तिमानी जित

यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो। 

सरकारी स्वामित्वको पसलमै गुणस्तरहीन चिज बिक्री, १० हजार जरिबाना

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरेर जरिबानासमेत तिराइएको छ। 

नेपाल बन्यो टी–२० आईमा ३०० बनाउने पहिलो टोली, मंगोलियालाई ३१५ रनको कीर्तिमानी लक्ष्य

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे।

कोशीमा डेंगीबाट साउनयता १७ जनाको मृत्यु, ३० हजारभन्दा बढी संक्रमित

सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जना संक्रमित भएका छन्।

मंगोलियाविरुद्ध कुशल मल्लको किर्तिमानी शतक

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

विश्व पर्यटन दिवस मनाइँदै: नेपालमा ८ महिनामा ६ लाख पर्यटक भित्रिए

विश्व पर्यटन संगठनले सन् २०२३ मा नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए। 

'देशमा निराशा बढ्दैमा मास हिस्टेरिया भयो भन्न मिल्दैन'

मलाई आएर कसैले भकाभक कुटेको फोटो-भिडियो खिचियो र भाइरल पनि भयो भन्दैमा त्यही पूरा सत्य नहुन सक्छ। यसअघि मैले नै त्यस व्यक्तिलाई कुटेर आएको हुन सक्छु।

एशियाली खेलकुद: मंगोलियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।

देशभर चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।