AnonymousUser

Logout

माधव नेपालको असन्तुष्टि– सरकारले जनताको अपेक्षाअनुसार काम गरेन 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने सांसदलाई आग्रह गरे।

भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ: प्रधानमन्त्री

भ्रष्टाचार देशको विकराल समस्या भएकाले यसविरुद्धको अनुसन्धान थप तीव्र पार्ने प्रधानमन्त्री दाहालको दाबी छ।  

रौतहटमा आमाछोरी मृत भेटिए, हत्या गरिएको आशंका

मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री

आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट ल्याएको मन्त्री महतको भनाइ छ।

मुन्दुम ट्रेल घोषणाअघिको पहिलो यात्रा

एउटै ‘स्पट’बाट ८ हजार मिटरभन्दा माथिका ६ वटा हिमाल संसारको अरु कुनै ठाउँबाट पनि देखिँदैन। मुन्दुम ट्रेलको प्रचारका लागि हामीलाई चाहिने मुख्य आकर्षण तेस्रो दिनमै प्राप्त भयो।

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा, ३ तहका सरकारबीच सहकार्यबारे छलफल हुने 

२०७७ साउन १३ गते संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक  बस्न सकेको थिएन।

भारतको महाराष्ट्रमा गुडिरहेका बसमा आगलागी, २५ यात्रुको मृत्यु

बस दुर्घटनामा बाँचेका आठ जनालाई नजिकैको अस्पतालमा लगिएको र उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बाढी मापन केन्द्र बुटवलले जनाएको छ।

पूर्वमाओवादीबीच पार्टी एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री 

हालै घोषणा गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

संसद्को गतिशीलता दलको सहमति र समन्वयमा निर्भर: सभामुख 

नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा संसद् दिवस मनाउने गरिन्छ। 

बुर्किना फासोमा विद्रोही आक्रमण, ३९ सैनिकसहित ८० जनाको मृत्यु

बुर्किना फासोमा सन् २०१५ यता १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो।

'गुलाबी उमेर'का नानीबाबुले अर्नभका कुरा पत्याउलान्!

प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ? यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्?

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

बेलायतले स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा रोजगारी अभियान चलाउने

पछिल्लो योजनाले सन् २०३७ सम्ममा एनएचएसमा थप ६० हजार चिकित्सक, एक लाख ७० हजार नर्स र ७१ हजार स्वास्थ्यकर्मी थप गर्ने सरकारको अनुमान छ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिबानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने फैसला भएको छ।

जलहरीमा कुँदिएको नाम, ह्वाट्सएप काकाहरूको क्रन्दन

आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो।

बाँच्ने आस देखाउने त्यो काठमाडौँ, अहिले पलपल तर्साइरहेछ

वर्षात‍्को बाढी र महानगरबाट विस्थापनको त्रास लिएर बाँचेका घरबारविहीनहरू भन्छन्– ‘राज्यका नागरिक हामी पनि हौँ। बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?’

अधिकारको पक्षपोषणका नाममा जिल्ला प्रवेश रोक्नु सह्य हुँदैन: सरकार

प्रदेशको नामकरणमा असन्तुष्टि जनाइँदै भइरहेको आन्दोलनमा अराजकता प्रदर्शन गर्नेहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने मन्त्री शर्माको भनाइ छ।

खिमलाल देवकोटाको प्रश्‍न– सत्तारूढ दलका नेता र मन्त्रीको क्षेत्रमा बजेट छुट्याउन संघीयता ल्याइएको हो?

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।