AnonymousUser

Logout

विश्वकप क्रिकेट: अफगानिस्तानसँग इंग्ल्यान्ड पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्लयान्डलाई पराजित गरेको छ।

विरोध

आरतीका आमाबुबालाई माइतीघरबाट हटाएको विरोधमा प्रदर्शन

आरती साहको न्यायका लागि बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ। आरतीको न्यायका लागि माइतीपक्ष १२१ दिनदेखि माइतीघर मण्डलमा धर्नारत थिए, तर आरती साहको आमाबुवा र भाइलाई शनिबार प्रहरीले बल प्रयोग गरी हटाएको थियो। प्रहरीले ब्यानरसमेत च्यातेर धरपकड गर्दै धर्नास्थलबाटै उनीहरूलाई हिरासतमा लिइएको विरोधमा बृहत् नागरिक आन्दोलनले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो। बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले ‘आरती साहलाई न्याय दे’, ‘सरकार दण्डहीनता अन्त्य गर’, ‘म पनि यही देशको नागरिक हो सरकार’, ‘न्याय नपाए कहाँ जाने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेती, नवीन तिवारी, आरतीकी बहिनी मनिषा साहलगायत उपस्थित थिए।

चाडपर्वलक्षित सुरक्षाका लागि २९ हजार सशस्त्र प्रहरी परिचालन

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।

गाजाबासीको लागि पानी ‘जीवन–मरण’को सवाल

इजरायली सेनाको निरन्तरको आक्रमणमा पानीका प्लान्ट तथा पाइपहरूमा क्षति पुग्दा प्यालेस्टायनको गाजा क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको छ।

अदालतका भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा दिएन : प्रधानन्यायाधीश

छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासनमा जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भनाइ छ। 

स्थलगत हमला गर्न गाजा क्षेत्रनजिक पुगे इजरायली सेनाका ट्यांक

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।

माटोमा बढ्दै अम्लीयपन, घट्दै उर्वराशक्ति

बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ।

घटस्थापना

दशैँघरमा राखियो जमरा

काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ः२९ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो। घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ।

कोशीमा मध्यावधि निर्वाचनको चिन्ता सकियो: मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले आफ्नो नेतृत्वमा सरकार गठनपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे।

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्थालाई परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगलाई अनुरोध गरेका छन्।

हिज्बुल्लाहद्वारा इजरायलमा मिसाइल आक्रमण, एक जनाको मृत्यु, कैयौँ घाइते

इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ।

व्यापारीका आँखा लागेपछि बर्बाद जुद्धोदय स्कुल : छानबिन गरेपछि किन हच्किए बालेन?

व्यापारीसँगको मिलेमतोमा विद्यालयका पदाधिकारीले नै जुद्धोदय स्कुल तहसनहस पारेको तथ्य उजागर भएपछि काठमाडौँका मेयर बालेन साहले तत्काल छानबिन समिति बनाए। तर समितिले प्रतिवेदन दिएपछि उनी ‘चुपचाप’ छन्।

यस वर्ष ८८.५ प्रतिशत वर्षा, आइतबारदेखि पूर्णरूपमा बाहिरिँदै मनसुन

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिँदै छ।

कोशीमा मन्त्रिपरिषद् गठन, एमाले र कांग्रेसबाट एक–एक जना बने मन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। 

गठबन्धनलाई उल्टाउने कोशिश भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको टिप्पणी गरेका छन्। 

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्यूडको भूकम्प

अफगानिस्तानमा एक हप्ताबीचमा तीन शक्तिशाली भूकम्प भएका छन्। जसमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड

उखु बेचेको सात महिना हुँदासमेत सरकारले अनुदान उपलब्ध गराएको छैन। दशैँको मुखमा पनि अनुदान नपाउँदा किसान निराश भएका छन्। 

'बाइक टुर'मार्फत नेपालको पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिन्छ: सीईओ रेग्मी

अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध भएको बोर्डका सीईयो रेग्मीले बताए।

नेपालद्वारा बहराइन ७ विकेटले पराजित

बहराइनले दिएको ७८ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।