नेपाली टिम पहिलो क्वार्टरफाइनलमा मंगलबार भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
प्रवासीले पसिना बगाएर जम्मा गरेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेका छन्। एक जनाले ५०० देखि १० लाख रुपैयाँसम्म सहयोग गरेका छन्।
पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानको ‘टिकास उपकरण’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो।
चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ।
मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्।
जितपछि सिटी २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। लाइपजिग दोस्रो स्थानमा छ।
जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।
चर्चाका लागि ‘दाता स्थानीय तह’जस्तो देखाउन छोडेर आफैँले उठिबास लगाएका, सडकछेउमा सानोतिनो व्यवसाय गरेर गुजारा गर्ने समुदाय, सार्वजनिक यातायातका श्रमिक आदिका लागि केही गर्ने कि?
राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।
कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएकाे छ।
बिहीबार बिहानका लागि बोलाइएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ।
सद्भाव बिथोलिनेखालका घटनाक्रम तीव्र बनेपछि मंगलबारदेखि कर्फ्यु लगाइएको नेपालगन्जमा सद्भाव बिथोल्न केही समूह सक्रिय रहेको सूचना साढे तीन महिनाअघि नै गृहमन्त्रालय पुगेको थियो।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुंगाेमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे।
काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका सभापति डा आरजु राणा देउवाकाे नेतृत्वकाे ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा दुवै पक्षले नेपाल…
कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।
उनीहरूले ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पछिल्लो समय युराेपेली देश नेपाली श्रमिकको रोजाइको गन्तव्य बन्दै गएका छन्।
संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकले शिक्षक र स्थानीय सरकारबीचको सम्बन्धबारे स्पष्ट प्रावधानसहित कानूनको रूप नलिँदासम्म जीतपुरसिमरा उपमहानगरपालिकामा देखिएजस्तै समस्या देशभर सतहमा आइरहन सक्छन्।