साथै शान्ति सुरक्षाको वर्तमान अवस्थालाई सामान्य अवस्थामा ल्याउँदै नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्युलाई घटाउँदै लैजाने निर्णय भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन्।
बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको यातायातमन्त्री प्रकाश ज्वालाको भनाइ छ।
बुधबार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १.५२ र जलविद्युत् समूहको उपसूचक १.३७ प्रतिशतले बढेको छ।
बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटघाटमा द्विपक्षीय चासोका विविध विषयमा छलफल भएको छ।
यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। क्यानले त्यही टोलीमा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ।
बुधबार सम्पन्न खेलमा मलेसिया बंगलादेशसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। बंगलादेशले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ।
नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि गाेरखामा पहिलाेपटक आमाकाे नामबाट नागरिकता दिइएकाे हाे।
गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफ्नै लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएकाे पृथ्वी राजमार्ग पीडित पक्ष र प्रहरीबीच सहमतिपछि खुलाइएकाे हाे।
भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।
काठमाडौँका अधिकांश सरकारी अस्पतालमा बिरामी कुरुवालाई बस्ने व्यवस्था छैन। वीर र पाटन अस्पतालले भएका कुरुवा घर पनि मासेका छन्। अस्पतालका प्यासेज, सिँढी वा खुला ठाउँमा बिरामी कुरुवा पल्टिरहेका भेटिन्छन्।
नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।
नेपथ्यको अन्तिम प्रस्तुति असोज २१ गते व्यापारिक शहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।
बाढीले पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।
घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।
भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ।