AnonymousUser

Logout

नेपाल प्रहरीको विश्वस्तरमा प्राप्त ख्याति हाम्रा लागि महत्त्वपूर्ण पुँजी हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सीमित स्रोतसाधन, जनशक्ति र अनेकौँ चुनौतीबीच
अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए।

बुढानीलकण्ठको २ रोपनी सरकारी जग्गा हडपेर ल्हारक्याल लामाले बनाए निजी महल

कांग्रेस, एमाले हुँदै पछिल्लो समय माओवादीको छत्रछाया पाएका ल्हारक्याल लामा जोडिएका थुप्रै काण्ड छन्। त्यही छत्रछायाको आडमा उनले बुढानीलकण्ठमा २ रोपनी १ आना सरकारी जग्गा कब्जा गरेर महल बनाएका छन्।

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

मुख्य प्रशिक्षक अल्मुताइरी र अफगानी फुटबल खेलाडीबीच मतभेद शुरू

खेलाडीले अल्मुताइरीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक स्वीकार नगर्ने बताएका छन्। उनले व्यक्तिगत फाइदाका लागि खेलाडी र राष्ट्रिय टोली प्रयोग गर्दै प्रायोजकसँग लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।

चाडपर्वमा ‘नभई नहुने’ नयाँ नोटः जतन नगर्दा नोटको आयु घट्छ, लागत बढ्छ

केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरू फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। तर प्रयोगकर्ता सचेत नहुँदा नेपाली नोटहरू औसत आयु नसकिँदै प्रयोगबाट बिदा हुन्छन्।

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्बको करोबार

मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ।

नागरिकताले एनआरएनएलाई नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति 

राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।

सहुलियत पसलमै छैन चिनी

साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड, पोखराका प्रमुख वासुदेव उपाध्याय उद्योग मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैँमा चिनी आयात हुन नसकेको बताउँछन्।

खाद्यले थाल्यो खसीबोका र च्याङ्ग्राको बिक्री

स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको दाबी छ।

चिकित्सा शिक्षा र सीटीईभीटीसम्बन्धी अध्ययन गर्न गठित उपसमितिको कार्यावधि थप

संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।

महँगी बढ्यो, बाह्य क्षेत्र बलियो

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।

इनरुवा सबस्टेसन निर्माण, कोशी प्रदेशमा उत्पादित विद्युत् निर्यात सहज हुने

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।

एनआरएनएको विश्व सम्मेलन शुरू, नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान

सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ। 

इजरायलबाट थप १९ जना नेपालीको उद्धार, दिल्ली हुँदै नेपाल आउने

हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना न्यून, अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाँदै

गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।

नेपाली कागजको बजार छ, लोक्ता पाउनै मुस्किल (भिडियो कथा)

नेपाली कागज बनाउन प्रयोग हुने लोक्ता ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाका वनमा पाइन्छ। तर लोक्ता संकलन गर्ने युवा विदेश पलायन हुँदा काठमाडौँका नेपाली कागज उद्योग प्रभावित बनेका छन्।

मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहको पद रिक्त 

नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।

चाडपर्वलक्षित सुरक्षा योजना: तालिमप्राप्त कुकुर र ड्रोनबाट समेत निगरानी

तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीको अनुरोध छ।

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।

कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।