AnonymousUser

Logout

सञ्चालनमा आयो जयनगरदेखि बिजलपुरासम्म रेल

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको छ।

नेप्से दोहोरो अंकको बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ।

संवादमार्फत सहकारीपीडितको समस्या टुंगोमा पुर्‍याइयोस् : विश्वप्रकाश शर्मा

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन्। 

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलमुक्त राख्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानून र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र मातहतका संगठन अगाडि बढाइने बताएका छन्।

रिक्त न्यायाधीशको पूर्ति नहुँदा न्याय सम्पादनमा समस्या देखियो: प्रधानन्यायाधीश कार्की

साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा समस्या देखिन थालेको बताएका छन्।

अध्यागमनका महानिर्देशकको राजीनामा माग्दै प्रदर्शन

सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारी जान लागेका श्रमिकलाई फर्काइए भन्दै अध्यागमन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको छ।

सुडान द्वन्द्व: ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र २२ घाइते भएको सुडानी  सेनाले जनाएको छ।

विद्युतीय राहदानीका दुई वर्षः विदेशमा भएका नेपालीलाई नवीकरण गर्न मुस्किल

ई–पासपोर्टमा हुने बायोमेट्रिकका लागि राहदानी नवीकरण गर्न मेसिनसम्म भौतिक रूपमै उपस्थित हुनुपर्छ। यसले नेपालबाहिर रहेकालाई नवीकरणमा समस्या हुन थालेको दुई वर्ष भइसक्दा पनि समाधान निस्किएको छैन।

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख 

शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।

हरिहजुर भलिबल टोलीको कप्तानबाट बर्खास्त, आर्मीका ३ खेलाडीलाई प्रतिबन्ध

संघले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको छ।

काठमाडौँमा सहकारीपीडितको प्रदर्शन, ५ जना पक्राउ

बचत गरेको रकमको ब्याज, बोनस  र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।

गठबन्धन बलियो धरातलमा उभिएको छ, धुपबत्ती गर्दैमा ढल्दैन: भौतिकमन्त्री

समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।

जनकपुर–जयनगर रेल आइतबारदेखि बिजलपुरासम्म सञ्चालन हुँदै

पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बाँकेका महिला 

ज्यालामजदुरी गरेर गुजार चलाइरहेका बाँकेको बैजनाथका महिला तरकारी खेतीमा लागेका छन्। उनीहरू अर्ग्यानिक तरकारी बेच्न प्रत्येक बिहान नेपालगन्ज बजार जाने गर्छन्।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ११ जना घाइते

कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ। 

भारतको सर्वोच्च अदालतमा राहुल गान्धीको पुनरावेदन

सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो। 

बर्खामा ढुवानी गर्न घोडा–खच्चडकै भर

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सवारीसाधन नचल्ने भएपछि व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्।

नववर्ष र आर्थिक वर्ष एउटै बनाउने कि?

यसै वर्ष पनि सरकारले असार, साउन र भदौ महिनामा सडक एवं पूर्वाधार निर्माणको काम नगर्ने भनियो। काम प्रभावकारी, दिगो र पक्का हुँदैन भनेर नै त्यस्तो भनिएको होला।

प्रतिपक्षीबिना नै पारित गरियो सुदूरपश्चिम सरकारको बजेट

सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।  

कस्तो छ आइतबारको मौसम?

दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।