AnonymousUser

Logout

व्यापार घाटा बढ्दै, असोजमा मात्र झन्डै डेढ खर्बको आयात

आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

इजरायली डिफेन्स फोर्स र हिजबुल्लाह समूहबीच भएको रकेट हमलामा परेर घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विश्वकप छनोट खेल्न नेपाली टोली पूर्णरूपमा तयार छ: प्रशिक्षक देसाई 

प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे।

दशैँ लगत्तै भारतीले फेरि शुरु गरिन् अनसन

आफ्ना श्रीमान हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सरकारले आम माफी दिएपछि भारती त्यसको विरोध गर्दै अनसन बस्दै आएकी छन्।

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख १७ हजार रुपैयाँ

गत शुक्रबारको भन्दा एक हजार रुपैयाँले बढेको हो।

भारतमा पुरुषका लागि गर्भनिरोधक सुईको सफल परीक्षण

औषधिको नाम 'रिभर्स इन्हिबिसन अफ स्पर्म अन्डर गाईडेन्स' (रेसग) हो र यसलाई आईआईटी खडगपुरका प्रोफेसर डा. सुजोय कुमार गुहाले विकास गरेका हुन्।

तीव्र गतिका सवारीसाधन ‘स्पिड गन’को निशानामा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारीसाधनको गति लेजरयुक्त 'स्पिड गन' द्वारा टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएसँगै अत्यधिक गतिका सवारी साधन कारबाहीमा परिरहेका छन्।

अमेरिकी टीभी साे 'फ्रेन्ड्स' का चर्चित कलाकार म्याथ्यु पेरीको निधन

पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम 'फ्रेन्ड्स' मा चन्डलर बिङ पात्रको भूमिका निभाएका थिए।

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको  हो। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ।

दशैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न हिँडे बाेटे

'दशैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो'

हमाससँग दोस्राे चरणकाे युद्धमा इजरायल

इजरायलले अबको चरणमा हमासका मुख्य सैन्य केन्द्रमा आक्रमण गर्ने योजना बनाएको छ। नेतन्याहूले यो चरण लामो र कठिन हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

झाडी  फाँडेर सामूहिक सुन्तला खेती

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

मोटरसाइकल पछाडि बस्नेका टाउकाचाहिँ फर्सी हुन्?

जति नै 'सुविधा' थपे पनि मोटरसाइकलको यात्रा अन्य साधनको तुलनामा जोखिमपूर्ण छ। राज्य र नागरिकको अकर्मण्यता र अज्ञानताले झनै असुरक्षित बनाएको छ दुईपांग्रे सवारी। 

प्रिमियर लिगमा आर्सनलद्वारा सेफिल्ड युनाइटेड ५–० गोल अन्तरले पराजित

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको दोस्रो जित, बंगलादेश ८७ रनले पराजित

जारी विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ।

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पर्व

तिहार नलाग्दै झिलिमिली काठमाडौँ\r\n

तिहार लाग्न करिब दुई हप्ता अघिदेखि नै संघीय राजधानीवासीले घरलाई झिलिमिली बत्तीले सिँगारेका छन्। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्। धनमाथि धन कमाइयोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ। आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी भैलो खेल्दै मनाइने चाड हो तिहार। दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। फूलको मालाले सिँगारिन्छ। लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौँ उपत्यकाका बजारहरू रङिन छन्। यो क्रम छठ पर्वसम्म नै हुन्छ। तस्वीर : न्युज एजेन्सी नेपाल

इजरायली सेनाको निशानामा हमासको भूमिगत ‘शहर’ 

अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टको मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए।