नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।
संघीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ।
महिलातर्फ पुलिसले र पुरुषतर्फ हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधि उचालेका छन्।
एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ।
कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।
लकडाउनका बेला छतबाट चराको फोटो खिच्न शुरू गरेका दशरथले हिमालको डाँफेमुनाल र अधिकांश वन्यजन्तुका फोटो खिचिसकेका छन्। उनको रहर चराको फोटो खिचेर नेपाललाई संसारसामु चिनाउने रहेको छ।
नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै आदिवासी, जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए।
दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।
पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत फार्मेसी इन्चार्जको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
युवाहरूले प्रायः आख्यान, इतिहास, आत्मकथा र राजनीतिका पुस्तक किन्ने गरेका छन्। धेरैले अभिभावक र साथीभाइको प्रेरणा लिएर पुस्तक पढ्छन्। तर, अतिरिक्त अध्ययन गर्ने युवाको संख्या भने निकै कम छ।
संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।
यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ।
लामो बिदाबाहेक दुईतीन दिनको छोटो बिदामा कतै जाने ठाउँ थिएन। लामो बिदामा घर जान अथवा काजमा काठमाडौँ जान पनि प्लेनको टिकट सजिलै पाइँदैनथ्यो।
विशाल ग्रुपले संगठनबाट लिजमा लिएको जग्गामा स्कुल सञ्चालन गर्न ठूल्ठूला भवन बनाएको छ। यी भवनका कारण पनि बालगृह डुबानमा परेको हो।
मधेश, कोशी र बागमतीमा वर्षा ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ।