पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको छाना विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ।
दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।
प्रारम्भमा कसैले पाउलो कोएल्हो पढ्छ भने त्यो राम्रो नै हो,तर जीवनभर कोएल्होकै मात्र किताब पढ्छु भन्ने कुरा समस्या हो।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दै दशैँ मनाउने गर्छन्।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियो।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सल्लाहपछि इजरायलले यस्ताे निर्णय गरेको हाे।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।
मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको थियो।
मेलामा प्रदर्शनीको लागि भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट समेत सहभागिता रहने नेपाल हस्तकला महासंघले जनाएको छ।
एक दशकअघि पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। अहिले हिमाली भेगमा विदेशीभन्दा बढी नेपाली पदयात्री भेटिन्छन्। नेपालमा व्यावसायिक पदयात्राको शुरूआत भने करिब ५८ वर्षअघि बेलायती नागरिकले गरेका थिए।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।
सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे।
बुधबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको छ।
बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ।
फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
विदेशबाट नेपाल भित्रिने सुपारीको भन्सारसहितको मूल्यभन्दा भारतीय बजारको भाउ औसतमा ३६६ रुपैयाँ ७२ पैसाले बढी छ। यही अन्तरबाट फाइदा लिन सुपारी आयात खुलाउने चलखेल दोहोरिने गरेको छ।
जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
१० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए।