AnonymousUser

Logout

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार

मंगलबार विशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ।

जलवायु अनुकूलनमा पानीका मुद्दाले प्राथमिकता नपाउँदा ‘काकाकुल’ बन्ने बाटोमा काठमाडौँ 

विश्वव्यापी तापक्रम वृद्धिबाट जलवायु परिवर्तन हुँदा मानव समुदायको आधारभूत आवश्यकतामा पर्ने पानीको व्यवस्थापन सबैभन्दा बढी प्रभावित भएको छ। तर यो मुद्दा अहिलेसम्म सरकारको प्राथमिकतामा पर्न सकेको छैन।

पर्वतमा पाक्ने बेलाको सुन्तलामा औँसेकीराको प्रकोप

सुन्तला बेचेर केही आम्दानी गर्ने आशामा रहेका किसान औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेपछि चिन्तित बनेका छन्। पर्वतमा झन्डै ९०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्छ।

राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेस नेताद्वय बलबहादुर र अर्जुननरसिंहको असहमति

सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।

एनसेल बिक्री प्रकरणको गहन विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका बारेमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका छन्।

मनाङमा हिमपात: बालीनाली सप्रिने अपेक्षा, जनजीवन भने कष्टकर

चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने स्थानीयको भनाइ छ।

चिसोमा पदयात्रा: यसरी अपनाउन सकिन्छ सावधानी

हिमपात भएसँगै हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले जोखिम क्षेत्र पहिचान गरेर मात्र हिँड्नुपर्छ।

एनसेलको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

एनसेल आजियाटा लिमिटेडको मुद्दाको सुनुवाइ मंगलबार स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन

दलित समुदायले भोग्नु परेका विभेद बग्रेल्ती छन्, दलित समुदायकै यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको दोहोरो विभेद अझ कति भयानक होलान्! ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनीमा यिनै विभेद देख्न पाइन्छ।

थाइल्यान्डमा बस दुर्घटना: १४ जनाको मृत्यु, ३५ घाइते

सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए। 

‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने विभेद र हिंसा घटाउन सकिने अनिताले बताइन्।

आगलागीबाट सिन्धुपाल्चोकमा १ घर जल्यो, १ जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको जलेर मृत्यु भएको छ। परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको छ। 

बेपत्ता भएको ४ दिनपछि मृत भेटिए अहेव

सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा गत शुक्रबार बेपत्ता भएका थिए।

इजरायल–हमास युद्ध: मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।

बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

मगर खाम भाषा बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोल्ने गरिएको छ।

१ वर्षपछि आँखाको ज्योति फर्किँदा…

निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।

वनस्पतिजन्य प्रोटिन खाने कि पशुपक्षीजन्य?

भोजनशैलीलाई बेवास्ता गर्ने, उमेर तथा शारीरिक अवस्थालाई ध्यान नदिने, अत्यधिक प्रशोधित खानेकुरा खाने हो भने भोजन मासांहारी, सर्वहारी, शाकाहारी या विशुद्ध शाकाहारी भए पनि त्यो स्वस्थकर हुँदैन।

एनसेलको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

२०७७ पुसमा ठुला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार एनसेलउपर ५७.९ अर्ब रुपैयाँ आयकर दाबी गरेको थियो।

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। 

रुसी सेनामा संलग्न ६ नेपालीको मृत्यु पुष्टि गर्दै सरकारले गर्‍यो भर्ना भएकाहरू तत्काल फर्काउन आग्रह

परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्नुका साथै सेनामा भर्ना भएका नेपालीहरूलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ।