AnonymousUser

Logout

एशियाली खेलकुद: टेनिसमा प्रदीपको विजयी शुरूआत

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएकाे खेलमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका हुन्।

कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ: महामन्त्री थापा

उनले संसदको सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्। 

पारसको क्यान यात्रा: चन्दसँग टकराव, चन्दकै समर्थनमा सचिव

क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगको असहज सम्बन्धकै कारण पारस खड्काले कप्तानबाट राजीनामा दिएर केहीपछि मैदानसमेत छाडेका थिए। अहिले पारस उनै चन्दको सहयोगमा क्यान सचिव भएलगत्तै एक्लो महसुस गर्दैछन्।

एशियाली खेलकुद: डुंगा दौडमा चीनलाई स्वर्ण

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।

एशियाडमा मेडल जित्ने लक्ष्य छः रोहित पौडेल

नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

एशियाली खेलकुद: टेबल टेनिस टिम इभेन्टबाट बाहिरियो नेपाल

टेबल टेनिस टिम इभेन्टमा नेपालको पुरुष टोली उत्तर कोरिया तथा महिला टोली भारतसँग पराजित भएको छ। 

गल्फ क्रिकेटको उपाधि ओमानलाई, यूएई ५ विकेटले पराजित

ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

१९औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन, ४५ देशका १२ हजार खेलाडी सहभागी

शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।

घरेलु क्रिकेटका संरचना विकास गर्नु पहिलो प्राथमिकता: पारस खड्का

क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चतुरबहादुर चन्दको नेतृत्वमा क्रिकेट संघमा नयाँ कार्यसमिति चयन

चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।

साफ यू–१९ : पाकिस्तान सेमिफाइनलमा प्रवेश

माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पारस खड्का क्यानको केन्द्रीय सचिवमा निर्वाचित

क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्। 

‘तीन महिनाभित्र आन्तरिक संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्छौँ’

क्यानको अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्ने बताएका छन्।

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी

खड्काले अध्यक्ष चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवारी दिएका हुन् भने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

क्यानको अध्यक्षमा पुन: चतुरबहादुर चन्द निर्वाचित 

चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपाल सुपर लिगको ड्राफ्टमा १९५ खेलाडी

ड्राफ्टमा परेका खेलाडीलाई तीन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन क्याटगरीमा विभाजन गरिएको छ। ४१ जना खेलाडीलाई ए क्याटगरीमा राखिएको छ। यसैगरी बीमा ७९ र सीमा ७५ जना खेलाडी परेका छन्।

अल–नासरले अल–अहलीलाई हरायो, रोनाल्डोको २ गोल

जितसँगै ७ खेलमा १५ अंक जोडेको नासर तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको अहली छैटौँ स्थानमा छ।

‘क्यानमा चतुरबहादुर चन्द कतैबाट पनि सफल भएको नदेखेर मैले उम्मेदवारी दिएँ’

‘म त्यत्तिकै लडेको होइन। मसँग पनि जिल्ला र प्रदेशका ३०-३२ जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरू अध्यक्ष चन्दविरुद्ध रुष्ट हुनुहुन्छ। उहाँहरूले नै भनेर लडेको हुँ। म जित्छु भनेरै उठेको हुँ।’

क्यान अध्यक्ष चन्द भन्छन् – नेपाल टी–२० लिग गर्नु अपराध होइन

नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।

एशियाली खेलकुद महाकुम्भ शनिबारदेखि: ४० खेलमा ४८१ प्रतिस्पर्धा हुने

४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालका २५३ जना खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।