AnonymousUser

Logout

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।

विश्वकप क्रिकेट: आयरल्यान्डमाथि भारतको सहज जित

बुधबार राति न्युयोर्कमा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ।  ९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्‍यो।

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

टी२० विश्वकप: घरेलु टोली अमेरिकाको विजयी शुरूआत 

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा जर्मन टोली डर्टमन्डलाई हराउँदै रियलले कीर्तिमानी १५औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। 

अल हिलालले जित्यो किङ्स कपको उपाधि

शनिबार बिहान किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली अल नासरलाई पराजित गर्दै अल हिलाल च्याम्पियन बनेको हो।

वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो। विश्वकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेल जुन ४ मा नेदरल्यान्डसँग खेल्नेछ।

टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई १ रजत र ५ कास्य

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

प्रधानमन्त्री कप भलिबल: उद्घाटन खेलमा टिपटप र बुढानीलकण्ठ भिड्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ।

खेल पूर्वाधारबाट आत्मविश्वास जुटाइरहेको कर्णाली

प्रदेश संरचनाहरू अपेक्षाअनुसार दौडिन सकेका छैनन्, त्यसमा कर्णाली प्रदेश झन् पछाडि छ। प्रायः विकट भूभागयुक्त यो प्रदेश १०औँ राष्ट्रिय खेलकुदका पूर्वाधार निर्माणबाट आत्मविश्वास आर्जन गर्न जुटिरहेको छ।

विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियम डलासमा सोमबार राति भएको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित भएको हो। 

तेस्रो पटक आईपीएल च्याम्पियन बन्यो कोलकाता, हैदरावाद ८ विकेटले पराजित

प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई 

शनिबार राति भएको फाइनलमा युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै उपाधि जितेको हो। 

आईपीएलको उपाधिका लागि हैदराबाद र कोलकाता भिड्ने

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो। कोलकाता भने पहिलो क्वालिफायरमा हैदराबादलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । 

आईपीएल: राजस्थानसँग पराजित हुँदै बाहिरियो बैंगलुरु

बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ।

क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए।

आईपीएल: हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

हैदराबादले प्रस्तुत गरेको १६० रनको मध्यम लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

आर्मीका श्रेष्ठलाई पाथीभरा म्याराथनको उपाधि

पाथीभरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्।

पारलम्पिक छनोट खेल्न थाइल्यान्ड गए टेबलटेनिस खेलाडी केशव

राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद‍्ले कुनै सहयोग नगरेको प्रशिक्षक वसन्त भारतीले गुनासो गरे।