AnonymousUser

Logout

देश चिनाउन विनिताले रोजेको बाटो : दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतकको कथा

नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्।

च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्।

आईसीसी अध्यक्ष ग्रेग बार्कली नेपाल आउने

चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।

एन्फाका पदाधिकारीको विदेश भ्रमणबारे मन्त्रालयको आपत्ति, कारबाही गर्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।

फुटबलमा झेल: आर्थिक संकटले घरेलु प्रतियोगिता नगर्ने एन्फाका पदाधिकारी लर्को लागेर विदेश भ्रमणमा

आर्थिक संकट देखाउँदै ‘बी’ तथा ‘सी’ डिभिजन लिग र ‘सी’ डिभिजन छनोट नखेलाएको एन्फाले ‘ए’ डिभिजन लिग पनि अर्को वर्षलाई सारेको छ। तर पदाधिकारी भने एन्फाकै खर्चमा धमाधम विदेश भ्रमणमा छन्।

फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।

च्याम्पियन्स लिग: आर्सनल र बार्सिलोना अन्तिम ८ मा

आर्सनल १४ र बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेका छन्।  

टी२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी र नेपाल भिड्ने

हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो। नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए।

कुशल र सन्द‍ीपको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।

पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले अभिनाश बोहराको स्थानमा आकाश चन्दलाई अवसर दिएका छन्। 

इंग्लिस प्रिमियर लिग: लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी

आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। 

प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल 

शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल पुन: शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। 

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

हङकङका बाबर हायातले ११० रनको शतकीय इनिङ्स खेले। उनले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गरे। नेपालका आकाश चन्दले ३ विकेट लिए।

बांगेचौर खेल मैदान निर्माण ५ वर्षदेखि अलपत्र

बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ। लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्। 

म्यानचेस्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा 

रियल मड्रिडले बुधबार राति जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा समग्रमा २–१ को नतिजाका साथ क्वार्टरफाइनलमा स्थान बनायो।

आउँदो टी–२० विश्वकपको तयारीका लागि सरकारले दियो ५ करोड

आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थमन्त्रालयबाट ५ करोड रुपैयाँ निकासा भएको छ।