एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।
विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा एनपीलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ।
एनपीएलमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो।
त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ।
एनपीएलको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।
एनपीएलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।
आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो।
लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा आयोजना गरिएको प्रतियोगितामा भारतको एकसहित आठ टिमले सहभागिता जनाएका थिए।
नेपालगन्ज म्याराथनको दशौँ संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले र महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन्।
एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायो।
आन्द्रेस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ।
कप्तान रोहित पौडेलको अर्धशतकमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससामु जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो।
एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ।