AnonymousUser

Logout

टी-२० लिगमा 'स्पट फिक्सिङ' भएको सीआईबीको निष्कर्ष, १० खेलाडीविरुद्ध मुद्दा चलाउने तयारी

राष्ट्रिय टोलीका एक अलराउन्डरले एउटा खेलमा अस्वाभाविक रूपमा 'नो बल' फ्याँकेको सीआईबीले जनाएको छ। उनीसहित १० खेलाडीविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै सीआईबीले प्रतिवेदन बुझाएको छ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कपको फाइनलमा

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो।

टी–२० विश्वकप: भारत र पाकिस्तानको खेल अमेरिकामा खेलाउने तयारी

अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।

'स्पट फिक्सिङ’ छानबिन : प्रहरीमा क्रिकेट विज्ञ नहुँदा अल्मलियो सीआईबी

प्रहरीमा क्रिकेट विज्ञ नहुँदा स्पट फिक्सिङको अनुसन्धान थालेको सीआईबी ठोस निष्कर्षमा पुग्न सकेको छैन। मैदानभित्रको घटनामा पहुँच नहुँदा पनि अनुसन्धानले गति लिन नसकेको सीआईबी अधिकारी बताउँछन्।

समूह 'बी' को उपविजेता बन्दै मधेश प्रधानमन्त्री कपको सेमिफाइनलमा

बुधबार भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै मधेश अन्तिम चारमा पुगेको हो।

‘ए’ डिभिजन क्लबहरू आर्थिक संकटमा, नाम चलेका खेलाडी छाडेर नयाँ खोज्दै

मनाङ, एनआरटी, सातदोबाटो, हिमालयन शेर्पाजस्ता विगतमा ‘ए’ डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरेका क्लब यसपटक राष्ट्रिय टिममा नपरेका र नयाँ खेलाडीको खोजीमा छन्।

प्रधानमन्त्री कप : सुदूरपश्चिम सेमिफाइनलमा

मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो।

राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया उडे

मिडफिल्डर तेज तामाङ, दिनेश राजवंशी र डिफेन्डर गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया उडेका छन्। ‍

प्रधानमन्त्री कप : लगातार तेस्रो जितसँगै प्रदेश १ सेमिफाइनलमा

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा पुगेको हो।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश १ को लगातार दोस्रो जित

सोमबार सम्पन्न आ-आफ्नो खेलमा सुदूरपश्चिमले ९ विकेट र प्रदेश–१ ले ९ रनको जित निकालेका छ।

सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

प्रधानमन्त्री कप : कर्णालीमाथि मधेशको ८ विकेटको जित

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।

एनभीए भलिबल : साबिक विजेता न्यु डायमन्डलाई पराजित गर्दै पुलिसलाई उपाधि

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

उपाधिका लागि पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड भिड्ने

पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको थियो।

'ए' डिभिजन लिग : भीआईपी पारापिटको टिकट शुल्क ३०० रुपैयाँ

एन्फाले 'ए' डिभिजन लिगका लागि भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ र साधारण पारापिटतर्फ १०० रुपैयाँ टिकट शुल्क तोकेको छ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै  बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।

अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धमा अस्ट्रेलियाको विरोध, एकदिवसीय शृंखला नखेल्ने

अस्ट्रेलियाले तालिबान सरकारले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा महिलालाई लगाएको प्रतिबन्धको विरोध गर्दै एकदिवसीय शृंखला नखेल्ने निर्णय गरेको छ।

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

पीएसजीका लागि पाँचौँ मिनेटमा इकिटिकेले गोल गरे। ७२औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे।

टी–२० आईमा उत्कृष्ट प्रदर्शन गरेका सूर्यकुमारले एकदिवसीयमा पाउलान् मौका?

सूर्यकुमारले आफ्नो टी-२० आई फर्मलाई अहिल्यकै लयमा राखे उनी एकदिवसीयमा पनि भारतको म्याचविनर बन्न सक्ने गम्भीर बताउँछन्।

बालोन डी’ओर : मेस्सी र एम्बाप्पे प्रतिस्पर्धी

बालोन डी’ओर उपाधिका लागि दुई फुटबल स्टार मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा भइरहेको छ। विश्वकप र पीएसजीमा गरेको प्रदर्शनका कारण दुवै उपाधिको दौडमा छन्।