क्यानको छनोट समितिले बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
शुभमन गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्।
नाबालिग बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका सन्दीप लामिछानेमाथिको निलम्बन क्यानले फिर्ता लिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ। धेरैले क्यानको निर्णयमा नैतिक प्रश्न उठ्ने बताएका छन्।
क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको बोर्ड बैठकले मल्लको राजीनामा स्वीकृत गरेको छ।
महिलातर्फ कप्तान रूविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा ‘ए’ ग्रेडमा रहेका छन्।
पोखरामा बुधबार सम्पन्न नेपाल क्रिकेट संघको बैठकले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।
यसअघि यू–१८ र १९ स्वरूपमा भएको साफ महिला च्याम्पियनसिपका तीन संस्करणमा नेपाल उपाधिविहीन रह्यो। यसपटक यू–२० स्वरूपमा हुन लागेको प्रतियोगिताको उपाधिका लागि नेपालको बाधक भारत र बंगलादेश बन्न सक्छन्।
सात जना केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।
गुस्टोलाई अनुबन्ध गरेको चेल्सीले अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी गरेको छ।
सन् २००८ मा शुरू भएको अन्तर्राष्ट्रिय करियरमा मुरलीले ६१ टेस्ट, १७ एकदिवसीय र ९ टी-२० खेलेका छन्।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईको सिफारिसबारे क्यानभित्रै विवाद छ। राखेपले उनको नियुक्ति प्रक्रिया तत्काल नटुंगिने जनाएको छ। तर क्यानले उनै देसाईलाई झिकाएर प्रशिक्षण थालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ।
बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।
नेपाली क्रिकेटमा प्रायः 'क्राइसिस' परिरहने तीव्र गतिका बलर र तल्लोक्रम ब्याटिङ दुबैमा राम्रो सम्भावना बोकेका गुलशन झाको प्रदर्शन भने त्यस्तो हुन सकेन। राष्ट्रिय टोलीमा उनलाई फेरि त्यो अवसर जुरेको छ।
प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनललाई १–० गोलले पराजित गरेको छ।
क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्।
एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।