AnonymousUser

Logout

आशिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले ओमान टी–२० सिरिजको क्रममा देखाएको खेल भावनाको कदर गर्दै आईसीसीले स्पिरिट अफ क्रिकेट अवार्ड दिएको छ।

क्यानले नै ‘स्पट फिक्सिङ’को सूचना लुकाएको खुलासा, अध्यक्ष भन्छन्– लिग जोगाउनु थियो

अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका पदाधिकारीको संलग्नता नरहेको दाबी गरे।

टिकट हिनामिनाबारे जवाफ नदिए फिफा र एएफसी गुहार्ने एन्फा सदस्य अधिकारीको चेतावनी

फिफाले एन्फालाई विश्वकपको २९० वटा टिकट दिएको थियो। त्यसमध्ये ७५ वटा एएफसीका उच्च पदाधिकारीलाई वितरण गरेको आरोप अध्यक्ष पंकजविक्रम नेम्वाङलाई लागेको छ।

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोनाका लागि डेम्बेलेले ५२औँ मिनेटमा गोल गरेका थिए। 

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको क्वार्टफाइनल खेलमा रूसका एन्ड्री रूबलेभमाथि सहज जित निकाल्दै जोकोभिच सेमिफाइनलमा पुगेका छन्।

सूर्यकुमार आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित

भारतीय क्रिकेटर सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित भएका छन्।

नेपाल टी-२० लिग साझेदार भारतीय कम्पनीसँग गरेको सम्झौता गैरकानूनी : छानबिन समिति

राखेपले नेपाल टी-२० का क्रममा भारतीय साझेदार कम्पनी सेभन थ्री स्पोर्टस्‌सँग क्यानले गरेको सम्झौता गैरकानूनी भएको बताएको छ।

देव र गुलशनमा निर्भर नेपालको विश्वकप आशा

यू–१९ विश्वकपमा छनोट हुन एशियाली छनोट प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको मुख्य भरोसा अलराउन्डरद्वय देव खनाल र गुलशन झाको प्रदर्शनमा निर्भर हुनेछ।

स्पट फिक्सिङमा आदिलसहित ४ नेपाली संलग्न, महबुबले गरेका थिए दुई खेलाडीलाई अफर

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा ६ विदेशी र चार नेपालीसहित १० जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको जनाएको छ।

एभर्टनलाई अपेक्षाकृत नतिजा दिलाउन नसकेका प्रशिक्षक लाम्पार्ड बर्खास्त

पछिल्ला ८ खेलमा जितविहीन रहेको एभर्टन अंक तालिकाको १९औँ स्थानमा छ। एभर्टनले २० खेलमा ३ जित, ६ बराबरी र ११ हार बेहोरेको छ।

फ्रेन्च कपमा पीएसजीद्वारा डी कासेल पराजित, एमबाप्पेको ५ गोल

एमबाप्पे पीएसजीका लागि एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा

आईसीसीले सन् २०२२ का लागि आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा गरेको छ। टोलीमा भारतीय खेलाडीको वर्चस्व छ।

क्रिकेटर महबुब आलम र आदिल अन्सारी स्पट फिक्सिङको आरोपमा पक्राउ

सीआईबीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ।

इंग्लिस प्रिमियर लिग: आर्सनलद्वारा युनाईटेड पराजित 

आर्सनल १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा यथावत् छ। २० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।

यू–१९ विश्वकपको एशियाली छनोटका लागि टोली घोषणा

क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

गौतमबुद्ध क्रिकेट रंगशालाको ‘सपना’ भताभुंग, १८ करोड ऋण नतिरे महानगरले पनि जिम्मा नलिने

धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि ५७ करोडभन्दा बढी खर्च भएको र झन्डै साढे १८ करोड तिर्न बाँकी रहेको जनाएको छ। तर यो ऋण फाउन्डेसनले चुक्ता नगरेसम्म भरतपुर महानगरले जिम्मा नलिने भएको छ।

प्रधानमन्त्री कप: प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको छ।

जो बने नेपाल र भारत दुवै देशमा बक्सिङको ‘नेसनल च्याम्पियन’

दोस्रो राष्ट्रिय खेलकुदमा जे भयो, त्यो इतिहासमा लेखियो। लोकबहादुर प्रतियोगिताकै ‘सरप्राइजिङ’ खेलाडी बने। तर उनले भारतीय सेनाको जागिर त्याग्न सकेनन् र भारतका अन्तर्राष्ट्रिय खेलाडी भए।

शारीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

युवा तथा खेलकुद मन्त्रालयले खेलकुदमा सीप र रणनीति प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवर्द्धन गर्ने नीति ल्याएको छ।

'ए' डिभिजन लिग : उद्घाटन खेलमा नवप्रवेशी खुमलटार र फ्रेन्ड्स भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा सार्वजनिक गरेको खेल तालिका (टाइसिट ड्र) अनुसार पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने भएका हुन्।