बिग बास लिगमा ब्रिस्बेन हिट र सिड्नी सिक्सर्सबीचको खेलमा माइकल नेसेरले लिएको क्याचलाई लिएर विवाद उत्पन्न भएको छ।
भिल्ला रियलविरुद्धको खेलका क्रममा उनको बायाँ खुट्टामा चोट लागेको र अहिले उपचार भइरहेको क्लबले जनाएको छ।
घरेलु क्रिकेटमा ‘हेलिकप्टर सट’ले चर्चित सिद्धान्तले राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेको ६ वर्ष भयो। यद्यपि, त्रिवि मैदानमा जारी नेपाल टी२० लिगमा छक्काका लागि उनको ब्याट हेलिकप्टर शैलीमा घुमिरहेकै छ।
लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको छ।
काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो।
जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा १४० रन मात्रै जोड्न सक्यो।
लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
गत मंसिरमा यूएईसँगको तीन ओडीआई श्रृङ्खलाको अन्तिम खेल हेर्न दर्शक गेट तोडेरै मैदान पुगेका थिए। यसपटक क्यानले नेपाल टी२० लिग गराउँदा औँलामा गन्न सकिने दर्शक मात्र त्रिवि क्रिकेट मैदान पुग्ने गरेका छन्।
साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।
जितसँगै ६ खेलमा २ अंक जोडेको पोखरा अंक तालिकाको पाँचौँ स्थानमा छ भने समान अंक रहेको फारवेस्ट अन्तिम स्थानमा छ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो।
नेपाल तेक्वान्दो महासंघ अध्यक्ष प्रदीप जोशीले विगठित तेक्वान्दो संघबाट नियमविपरीत विदेशी नागरिकलाई कुकिवनको डान सर्टिफिकेट वितरण भएको बताएका छन्।
फुटबलका अद्भूत खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेलेको निधन भएको छ। खेललाई कलात्मक र रोमाञ्चक बनाउन सिपालु पेलेको निधनसँगै फुटबलको एउटा युगको पनि अन्त्य भएको छ।
महान् फुटबलर पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।
फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको छ।
नेपाल टी-२० लिगमा विराटनगर २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ।
एमबाप्पेले ९४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई जित दिलाए।
पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको छ।
नेपाल टी-२० लिगमा हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ।