एसईईमा सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख २ हजार परीक्षार्थी सहभागी छन्। त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६०८ जना छन्।
इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ९८१ जना परीक्षार्थीमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए।
लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरका कालिका र मुक्तिनाथ दवाडीले बुबाआमाको स्मृतिमा विद्यालय भवन बनाइदिएका छन्।
गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले गणित उद्यान निर्माण गरेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठक भत्ताकाे बजेटबाट नयाँ शिक्षक राखेकाे छ। मासिक २० हजार रुपैयाँ दिएर पालिकाले १२ जना शिक्षक राखेकाे हाे।
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।
यसपटकको स्ववियु निर्वाचनमा सबैभन्दा धेरै मतदाता पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा (१० हजार ८७० जना) छन्।
भूराजनीतिक हिसाबले संवेदनशील भू–भाग मुस्ताङमा ‘बौद्ध कलेज’का लागि अनुदान सहयोग माग्दै गाउँपालिका र साक्या बौद्ध संघले सिधै भारतीय दूतावासमा निवेदन दिएका थिए।
परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९ मा कक्षा ९ अध्ययनरत साधारण, परम्परागत र प्रविधिक धारतर्फ नियमितरूपमा अध्ययनरत विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फारम खोलेको छ।
चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।
गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
राष्ट्रपति भण्डारीले देशको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न बुढानीलकण्ठ स्कुलजस्ता शैक्षिक संस्थाले अग्रणी भूमिका खेल्न सक्ने बताएकी छन्।
पुस र माघमा बढी चिसो हुने भएकाले मनाङका विद्यालय दुई महिना बन्द गर्नुपर्ने बाध्यता छ।
शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन केन्द्रित रहेको बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस वर्षको एसईई चैत १७ गतेदेखि २९ सम्म हुनेछ।
समयमै विद्यालयले पाठ्यपुस्तक पाउने सुनिश्चितता गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको छ।
त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ र उत्तरपुस्तिका नै हराइदिने लापरबाही ढाकछोप गर्न यसपालि परीक्षा लिएको पाँच दिनमै नतिजा सार्वजनिक गरेको छ।