प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।
महानगरले २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन पनि सूचित गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ। जसअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुनेछन्।
काठमाडौँका मेयर बालेन शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकलाई पनि त्यहीअनुसार तलब दिन निर्देशन दिएका हुन्।
बाढीपहिरोले बाढीपहिरोले बाटो, सडक र पुल बगाएपछि ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।
राजनीतिक संगठनको नाममा सक्रिय आपराधिक समूहको उद्दण्डताले संरक्षण पाउँदा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमै प्राध्यापक र कर्मचारीमाथि आक्रमणका घटना रोकिएका छैनन्।
महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी छात्रवृत्ति वितरण पेस नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।
संसदीय समितिको बैठकमा शिक्षासचिव रामकृष्ण सुवेदीले मन्त्रालयबाट प्रक्रिया पूरा गरेर पठाइएको मस्यौदालाई मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताएका छन्।
परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही हुने बोर्डले जनाएको छ।
सार्वजनिक पुस्तकालयका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन्। पुस्तकबाट पानी सुकाएर पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने पुस्तकालय व्यवस्थापक जुजुभाइ डंगोलले बताए।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउँदै कार्यक्रम शुरू गरेको छ।
मेची पारिको ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ।
बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड–१९ भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
उच्च शिक्षाबाहेकमा विदेश पढ्न जानेलाई सरकारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन बन्द गरेपछि विद्यार्थी आन्दोलित छन्। एनओसी रोकेको सरकारले त्यससम्बन्धी निर्देशिका सार्वजनिक नगर्दा सरोकारवाला थप सशंकित छन्।
गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए। अहिले सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ।
सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।